विराटनगर /  प्रहरीले लिने मादक पद्धार्थ सेवन (मापसे) को परीक्षामा पनि नक्कली परीक्षार्थी आउने गरेको पाइएको छ । सवारी साधान दुर्घटना न्यूनिकरण गर्न मोरङ प्रहरीले सुरु गरेको मादक पद्धार्थ सेवन (मापसे) विरुद्धको अभियानको परीक्षा दिन आउने नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको थियो ।
केही दिन अगाडी जिल्ला प्रहरी कार्यालय मोरङमा मापसेको परीक्षा दिन आउने नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । मापसे गरेको व्यक्तिको परीक्षा दिन आउने क्रममा नक्कली परीक्षर्थाीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । नक्कली परीक्षार्थीलाई प्रहरीले कारवाही गरेर छोडेको थियो । कारवाही गरेको नक्कली परीक्षार्थीको नाम भने प्रहरीले गोप्य राखेको छ ।
सवारी साधान दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले मोरङ प्रहरीले सुरु गरेको मापसे विरुद्धको अभियानका क्रममा २ हजार ६ सय ५० जना कारवाहीमा परेका छन् । (मापसे) गरी ड्राइभिङ गर्दा कारवाहीमा परेकाहरु मध्ये २ हजार ५ सय ३५ जनाले लिखित र १ सय १५ जनाले अनलाइन परीक्षा दिएका थिए । अनलाइनबाट परीक्षा दिएका मध्ये ४४ जना मात्रै उत्तीर्ण भए ।
मापसे गरेर सवारी साधन चलाएर ट्राफिक प्रहरीले परीक्षा दिन मोरङ प्रहरी कार्यालयमा पठाउने गरेको छ । परीक्षामा उत्तिण भएपछि जरिवना बुझाउनुपर्ने हुन्छ । गत असोज २३ गतेदेखि मापसे सेवन गर्नेलाई प्रहरीले परीक्षा दिन लागउने अभियानको थलानी गरेको हो ।
मापसे गर्नेलाई मोरङ प्रहरीले ८० वटा प्रश्न सोध्ने गरेको छ । डीएसपी श्रेष्ठका अनुसार लेख्न र पढ्न जान्नेलाई लिखित र नजान्नेलाई मौखिक प्रश्न सोधिदै आएको छ । सुरुमा परीक्षामा ८० प्रतिशत उत्तर नमिलाउनेलाई पुनः परीक्षा दिनुपर्ने व्यवस्था थियो । तर, थोरैले मात्र ८० प्रतिशत उत्तर मिलाएपछि प्रहरीले सोधिएका मध्ये ६० प्रतिशत प्रश्नको सही उत्तर दिनुपर्ने नियम बनाएको छ ।
यसअघि मापसे गरी सवारी चालकलाई जरिवाना गरी सचेत गराएर छोड्ने गरेको थियो । गत असोज २३ गतेदेखि प्रहरीले मोटरसाइकल प्रयोगकर्तालाई परीक्षा लिने गरेको छ भने ठूला सवारी साधन चलाउनेलाई सार्बजनिक मुद्दा दर्ता गर्दै आएको छ ।
दुई साताको अवधिमा एक भारतीयसहित २ जना ठूला सवारी चालकलाई ‘सार्बजनिक हित विरुद्धको कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दैनिक ५ देखि १० जनासम्म भारतीय नागरिक परीक्षामा सहभागी हुने गरेका छन् । भारतको बिहारमा मदिरा बिक्री वितरण प्रतिबन्ध छ । खुला सीमाका कारण सिमावर्ती नाका रानी हुँदै मापसेका लागि विराटनगर आउनेहरु र्फकेने क्रममा कारवाहीमा पर्ने गरेका हुन् ।