इटहरी /  इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले फेरी पत्रकारलाई गुण्डागर्दी शैलीमा धम्की दिएका छन् ।

इटहरीकै पत्रकार विराट अनुपमलाई फोन गरी उनले अपशब्द बोल्दै ‘अब तेरो नाकको हड्डी भाँच्न बाँकी छु, त्यसका लागि एक करोड पैसा छुट्याएको छु’ भनेर फोनमा धम्कि दिएका छन् ।

आफ्नो फेसबुक पोष्टमा ‘चाटुकार पत्रकार’ भनेर कमेन्ट गरेपछि किन यस्तो गरेको भनेर फोन गरेका अनुपमलाई मेयर चौधरीले धम्की दिएको अनुपमले बताएका छन् ।

उनले अनुपमकै स्टाटसमाथि कमेन्ट लेख्दै  'अब तिम्रो पालो’ भनेरसमेत लेखेका थिए । यसअघि उनले आफ्नै कर्मचारी कुटेका थिए । सोही विषयमा बुझ्न गएका पत्रकार कृष्ण बहावलाई मुख लोपारेका थिए । उनी पछिल्लो समय अभ्रद व्यवहार देखाउदैं आएका छन् । नेकपाका स्थानीय नेता रामप्रसाद चौलागाईलाई पनि ‘भ्रष्टचारी’ भनेर आफुले कुटेको भन्दैं प्रचार गरेर हिडेका थिए ।