धरान/झापाको धरमपुर चोकमा मोटरसाइकल र स्कुटी एकआपसमा ठक्कर खाँदा एक जनाकोे ज्यान गएको छ ।
सोमबार साढे १० बजेतिर पश्चिमतर्फ आइरहेको को ७ प १४० नम्बरको मोटरसाइकल र पूर्वतर्फ गइरहेको मे १ प ८१४० नम्बरको स्कुटीले ठक्कर दिँदा स्कुटी चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१ धरमपुरकी रञ्जना खनालको मृत्यु भएको छ । मोटरसाइकल चालक बिर्तामोड नगपालिका–१ का मौसम पाण्डे सामान्य घाइते भएका थिए । उनी उपचारपछि घर फर्किएका छन् ।