विर्तामाेड / झापाकाे मेचीनगर ७ का एकै परिवारका बाबुछाेराकाे भारतमा रेलले किचेर मृत्यु भएकाे छ । मेचीनगर ७ गैरीगाँउका दुइजनाकाे भारतकाे पश्चिम बंगालकाे नक्सलबारीमा रेलले किचेर मृत्यु भएकाे भारतीय संचारमाध्यमले जनाएकाे छ ।
घटनामा परी अर्का एकजना घाइते भएका छन् । उनकाे चिन्ताजनक अवस्थामा उपचार भइरहेकाे ट्रेड युनियनका स्थानीय नेता गाेपाल शिवाकाेटीले जानकारी दिए । मृत्यु हुनेकाे नाम खुलेकाे छैन । घटनामा परी अर्का एक महिला गम्भिर धाइते भएकी छन् । उनकाे भारतकै एक अस्पतालमा उपचार भइरहेकाे जनाइएकाे छ ।
इलाका प्रहरी कार्यालय काँकडभिटाका डिएसपी महेश थापाले घटना भएकाे पुष्टी गरेका छन् । उनका अनुसार अहिले उनीहरूकाे भारतमा पाेष्टमार्टम भइरहेकाे छ । उनीहरूकाे पहिचान भने हुन नसकेकाे थापाले बताए । अाइतबार साँझसम्ममा शब नेपाल ल्याएपछि घटनाबारेकाे बारेमा भन्न सक्ने थापाले बताए ।