धरान । किरात राई यायोक्खा सुनसरी जिल्ला कार्य समितिले धरान–१७ साकेला पार्कमा आयोजना गरेको प्रारम्भिक कार्य समिति (प्राकास) स्तरीय साकेला शिली प्रतियोगितामा धरान–१९ प्रथम भएको छ ।
प्रथम भएको धरान १९ ले नगद २५ हजार, प्रमाणपत्रसँगै रनिङ शिल्ड पनि हात पार्यो ।

प्रतियोगितामा शिलीतर्फ दोस्रो भएको हासपोसाले १५ हजार नगद र प्रमाणपत्र पायो भने शिलीमा तेस्रो भएको धरान–११ ले १० हजार नगद र प्रमाणपत्र पायो । त्यस्तै उत्कृष्ट व्यवस्थापनमा धरानभित्रबाट धरान–१५ र धरान बाहिरबाट दुहबी प्रथम भए । दुवैले ६÷६ हजार नगद र प्रमाणपत्र प्राप्त गरे । धरानभित्रबाट धरान–१३ र धरान बाहिरबाट महेन्द्रनगर दोस्रो भएर ४/४ हजार नगद र प्रमाणपत्र पाए भने धरानभित्र धरान–१७ र धरानबाहिर प्रकाशपुर तेस्रो भएर ३÷३ हजार नगद र प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट भेषभूषामा धरान–१६ प्रथम भएर ६ हजार नगद र प्रमाणपत्र पायो ।

धरान– १९ दोस्रो भएर ४ हजार नगद र प्रमाणपत्र र हासपोसा तेस्रो भएर ३ हजार र प्रमाणपत्र प्राप्त गर्यो । उत्कृष्ट सांस्कृतिक सामग्री प्रदर्शनमा धरानभित्रमा धरान–१३ र धरान बाहिरमा हासपोसा प्रथम भए । दुवैले ६÷६ हजार नगद र प्रमाणपत्र पाए । त्यस्तै धरानभित्रबाट धरान–९ र १० र धरानबाहिरबाट इटहरी–६ दोस्रो भए । दुवैले ४÷४ हजार नगद र प्रमाणपत्र पाए भने धरानभित्रबाट धरान–१८ र धरान बाहिरबाट प्रारम्भिक कार्य समिति ५ र ७ तेस्रो भएर ३÷३ हजार नगद र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उत्कृष्ट सहभागितामा धरानभित्रबाट धरान ५ र ६ र धरान बाहिरबाट हासपोसा प्रथम भए । प्रथम दुवैले ६ हजार नगद र प्रमाणपत्र पाए । यस विधामा धरानभित्र धरान–१५ र धरानबाहिर इटहरी–६ दोस्रो भए । दोस्रो भएका दुवैले ४ हजार नगद र प्रमाणपत्र पाए । त्यस्तै धरानभित्र धरान–१३ र धरान बहिर पकली तेस्रो भए । तेस्रो दुबैले ३ हजार नगद र प्रमाणपत्र प्राप्त गरे । सबै भन्दा धेरै ठाउँमा सहभागी धरान–१५ ले ६ हजार नगद पायो ।

कार्यक्रममा २२ समूह सहभागी थिए । नेकपा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्ड, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, प्रदेश सभामुख प्रदीप भन्डारी, सङ्घीय सांसद जयकुमार राईलगायतले साकेला शिलीको अवलोकन गरेका थिए । अवलोकनका क्रममा नेकपा अध्यक्ष दाहालले पनि साकेला नाचेका थिए ।