विराटनगर /  सरकारले आर्थिक वर्ष २०७६÷ ७७ को बजेट सार्वजनिक गरेपछि विराटनगरका उद्योगी, व्यापारीहरूले मिश्रत प्रतिक्रिया दिएका छन् ।
बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेट भाषणा सुनेपछि यहाँका उद्योगी व्यापारीहरूले शिक्षा, स्वास्थ्य, कृषि र उर्जामा सरकारले जोड दिएको बजेट राम्रो रहेको बताए ।
पुरानै कार्यक्रमको निरन्तरताको रुपमा आएको बजेटमा पूर्व क्षेत्रका पुरानै कार्यक्रममा पनि पर्याप्त बजेट व्यवस्था नभएकोमा भने उनीहरूले गुनासो पोखे । शिक्षा, स्वास्थ्य, जेष्ठ नागरिकलाई वृद्धा भत्ता, पूर्वाधार विकास जस्ता कार्यक्रमलाई बजेटले समेटेको स्वागत योग्य भएको भन्दै कार्यन्वयनमा जोड दिनुपर्ने बताए ।
स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने, कृषि र उर्जामा जोड दिने, विराटनगर विमानस्थलको स्तरोन्नती, प्रदेशको राजधानी विराटनगरमा २ हजार क्षमताको सम्मेलन केन्द्रको निमार्णमा प्राथमिकता दिने बजेटका कार्यक्रम राम्रो रहेको उनीहरूको भनाई थियो ।
मोरङ व्यापार संघको पूर्व अध्यक्ष तथा उद्योगी महेश जाजुले समग्र रुपमा बजेट राम्रो रहेको बताए । उनले स्वदेशी उद्योगलाई सरकारले प्रोत्साहन गरेको बताए । ‘स्वेदशी उद्योगहरूबाट उत्पादन हुने बस्तुहरू आयातमा भन्सार वृद्धी गर्ने यो सरकारको राम्रो पक्ष हो,’ उनले भने, ‘जसले गर्दा स्थानिय उद्योगलाई सरकारले प्रोसान गरेको देखियो ।’ उनले उर्जा, कृषि र सडकलाई प्राथमिकता दिनु बजेटको सकारात्मक पक्ष रहेको प्रतिक्रिया दिए । फाष्ट ट्रयाक निर्माण र विद्युत उत्पादनको सरकारी लक्ष्यले मुलुकमा औद्योगिकरणको वातावरण बन्ने र लगानी भित्रने उनको भनाई छ । ‘ पूर्व पश्चिमा मनो रेल चलाउने, काठमाण्डौमा मेट्र रेल पु¥याउनमा छुटयाएको बजेट यो धेरै राम्रो काम हो, ’ उनले भने, ‘ विराटनगरको लागि सरकारले उपेक्षा गरेको देखियो ।’
मोरङ व्यापार संघको पूर्व अध्यक्ष नन्दकिशोर राठीले मेघा सिटी स्मार्ट सिटीको सहर बनाउनेमा सरकारले छुटयाएको बजेट राम्रो रहेको बताए । ‘सरकारले ल्याएको बजेटमा कृषिलाई विविधकरण गर्ने योजना ल्याएको छ । यो एकदम राम्रो कुरा हो,’ उनले भने ।’ उनले भूमिको समस्याको सावधन हल गर्न आयोग गठन गर्ने सरकारको योजना राम्रो रहेको बताए ।
मोरङ व्यापार संघको वरिष्ठ उपाध्यक्ष तथा युवा उद्यमी प्रकाश मुन्दडाले सरकारले ल्याएको बजेटले विराटनगरलाई अपेक्षित गरेको बताए । शिक्षा, स्वास्थ्य, कृषी र स्थानीय निकायलाई बलियो बनाउनेगरी आएको बजेटको कार्यान्वयन प्रभाबकारी रुपमा भएमा मुलुकको विकासले गति लिने उनको भनाई छ ।
त्यस्तै मोरङ व्यापार संघको संल्लाकार शंकरलाल अग्रवालले सडक, उर्जा, रेल्वे र कृषिमा जोड दिएको बजेट स्वागतयोग्य रहेको बताए । ‘बजेटले सम्पूर्ण क्षेत्रलाई समेटेको देखियो छ,’ उनले भने, ‘यो बजेट प्रभावकारी रूपमा कार्यन्वयन हुनुपर्दछ ।’ मोरङ व्यापार संघको महासचिब नविन रिजालले सरकारले ल्याएको बजेट भोट मात्र फकाउने खालको बजेट आएको बताए । रोजगारी सृजना गर्ने र जेष्ठ नागरिकको हकमा बजेट राम्रे आएको उनले बताए । सडक, उर्जा, रेल्वे र कृषिमा जोड दिएको बजेटले विराटनगरको रिङरोडलगायतको अन्य क्षेत्रमा भने बजेटले समेटन नसकेको उनले रिजाललको भनाई थियो ।