Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • बजेटमा तलब वृद्धिः यस्तो छ नयाँ तलबमान, मुख्य सचिव सिचवकाे तलव कति ?

बजेटमा तलब वृद्धिः यस्तो छ नयाँ तलबमान, मुख्य सचिव सिचवकाे तलव कति ?

alt
  • जेठ १५, २०७६
  • रासस
 
काठमाडाै‌ / सरकारले बजेट वक्तव्यमार्फत राष्ट्रसेवक कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेसँगै कर्मचारीको तलब रु तीन हजार ४४६ देखि नौ हजार ९२६ सम्म वृद्धि हुने भएको छ ।
बजेट घोषणासँगै अब मुख्यसचिवको पारिश्रमिक रु ५५ हजार २०० मारु नौ हजार ९३६ वृद्धि भई रु ६५ हजार १३६ पुगेको छ । यसैगरी राजपत्रअनङ्कित चतुर्थ श्रेणीका कर्मचारीको पारिश्रमिक रु १७ हजार २३० मा रु तीन हजार ४४६ वृद्धि भई रु २० हजार ६७६ पुगेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६/०७७ को बजेट वक्तव्यमा कर्मचारीको पारिश्रमिक १८ देखि २० प्रतिशतले वृद्धि गरिने घोषणा गरेका थिए ।
यसअघि अहिलेकै प्रधानमन्त्री केपी शर्माओलीको नेतृत्वको सरकारका तर्फबाट तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०७३ सालमा राष्ट्रसेवकको पारिश्रमिक वृद्धि गरे वृद्धि भएसँगै कर्मचारीले प्राप्त गर्ने पारिश्रमिक:
क्रसं              पद                    राजपत्राङ्कित श्रेणी (१८ प्रतिशत वृद्धि)              बढेपछिको तलब
                                 रु अहिलेको तलबमान      रु बढेको तलब रु
१       मुख्यसचिव                   ५५,२००।–             ९,९३६।–                       ६५,१३६।–
२ राप विशिष्ट श्रेणी                ५१,४२०।–             ९,२५५।–                        ६०,६७५।–
३ राप प्रथम श्रेणी                   ४०,१५०।–             ७,२२७।–                       ४७,३७७।–
४ राप द्वितीय श्रेणी               ३४,२२०।–              ६,१५९।–                        ४०,३७९।–
५ राप तृतीय श्रेणी                ३०,५००।–             ५,४९०।–                        ३५,९९०।–
 
क्रसं          पद           राजपत्रअनङ्कित श्रेणी (२० प्रतिशत वृद्धि)
                                  बढेपछिको तलब              अहिलेको तलब मान             बढेको तलब
१. रापअ प्रथम                    २३,५००।–                  ४,७००।–                          २८,२००।–
२. रापअ द्वितीय                 २२,१७०।–                   ४,४३४।–                        २६,६०६।–
३. रापअ तृतीय                 १८,३४०।–                   ३,६६८।–                          २२,००८।–
४. रापअ चतुर्थ                 १७,२३०।–                 ३,४४६।–                           २०,६७६।–
 
सरकारले तलब वृद्धिको घोषणा गरे पनि कर्मचारीले भने त्यसले आवश्यकता पूर्ति नगर्ने बताएका छन् । कर्मचारीको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले वृद्धि भएको तलबले अहिलेको आवश्यकता पूर्ति नगर्ने बताए । यद्यपि राज्यको स्रोत साधन हेरेर चित्त बुझाउँदै उत्साहित भई काम गर्नुपर्ने उनको भनाइ थियो । तलब बढेसँगै आयकरको सीमा पनि बढ्यो सरकारले सरकारी कर्मचारीको तलबमा वृद्धि गरेसँगै आयकरको सीमामा पनि परिवर्तन गरेको छ । सरकारले अधिकृतभन्दा तलको कर्मचारीमा २० प्रतिशत र अधिकृतभन्दा माथिको तलबमा १८ प्रतिशतले वृद्धि गरेको छ ।
यसअघि एकल व्यक्तिका हकमा वार्षिक रु तीन लाख ५० हजारको आम्दानीसम्म सामाजिक सुरक्षा करबाहेक अन्य कर नलिने गरेकामा अब यसको सीमा बढेर रु चार लाख पुगेको छ । विवाहित जागिरेका हकमा वार्षिक रु चार लाख ५० हजारसम्मको आयमा सामाजिक सुरक्षा कर मात्रै तिरे पुग्ने भएको छ । अघिल्लो आर्थिक वर्षसम्म विवाहित व्यक्तिले वार्षिक रु चार लाखभन्दा बढी आम्दानी गरे १०, २० र ३० प्रतिशत गरी अधिकतम ३६ प्रतिशतसम्म कर तिर्नुपर्ने थियो ।
सम्बन्धित समाचार
कोशी प्रदेशले सार्वजनिक गर्यो महत्वाकाङ्क्षी स्वास्थ्य नीति

विराटनगर । कोशी प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई आफ्नो समृद्धिको मुख्य ...

१४ वर्षमा पनि बनेन पुल

सिरहा । मधेशको लाइफलाइन मानिने हुलाकी सडकअन्तर्गत कमला नदीको पुल १४ वर्ष अघ ...

सञ्चार विधेयकविरुद्ध प्रतीकात्मक विरोध

विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको विवादास्पद आमसञ्चार विधेयकको विरोधमा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
कोशी प्रदेशले सार्वजनिक गर्यो महत्वाकाङ्क्षी स्वास्थ्य नीति
१४ वर्षमा पनि बनेन पुल
सञ्चार विधेयकविरुद्ध प्रतीकात्मक विरोध
होटलहरूमा लागूऔषधको कारोबार
धरान–चतरा सडक कालोपत्रेका लागि सर्वे सुरु
नेपालको सार्वभौमिक अखण्डताको चीरहरणः भारत–चीन व्यापार सम्झौता
आजको राशिफलः २०८२ साल भदौ ९ गते सोमबार
चोत्लुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय स्थापनार्थ अन्तरक्रिया
आजको राशिफलः २०८२ साल भदौ ८ गते आइतबार
‘मेडिकल हब’ बनाउने यात्रामा न्यूरो अस्पतालको रजत जयन्ती
एकातिर आन्दोलन, अर्कोतिर पारित
धरान नगरको ‘बजेट होलिडे’: ऐन–कानून मिच्न धरान अगाडि
सहकारी ठगी मुद्दा प्रकरणः सांसद् पत्नी अन्जलालाई एक करोड धरौटी माग
बीपी प्रतिष्ठानमा अतिरिक्त रेफर शुल्क हटाइयो
धरानमा छतबाट लडेर एकको मृत्यु
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
टिकटकको नयाँ फिचर्स सेवा सुरु
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved