पाँचथर / मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा आज (मंगलबार) शोक बिदा दिइएको छ । जेठ ६ गते भएको सामूहिक हत्याकाण्डमा मारिएका विद्यार्थीहरुको आत्माको चीर शान्तिको कामना गर्दै एक दिन शोक बिदा दिइएको हो । गाउँ कार्यपालिकाले गाउँपालिकाभित्र रहेका शैक्षिक संस्थाहरुमा एक शोक बिदा दिने निर्णय गरेको हो । मुलुकलाई नै स्तब्ध पार्ने गरी भएको हत्याकाण्डमा मारिएका नौ जनामध्ये १२ बर्षीया युहाना शेर्मा, १० बर्षिया मुना शेर्मा, ८ बर्षिया इक्सा शेर्मा र १० बर्षिया आशिका खजुम स्थानीय आरुबोटे माध्यमिक बिद्यालयमा अध्ययनरत थिए ।
































