बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ स्थित धरान चतरा,नडाहा रामपुर सडक खण्डको खारखोलामा दुई मोटरसाईकल जुझ्दा १ जना गम्भिर भएका छन् ।
शनिवार चौबाटो रहेको सडक खण्डमा बिहान करिब १० बजेर ३० मीनेटमा भएको दुर्घटनामा चतरा वाट धरान जांदै गरेको को २१ प ८७४० नम्बर डिस्कभर र कोशीपूल वाट नडाहा जांदै गरेको को ५ प १९३ नम्बर अल्बा मोटरसाईकल आपसमा ठोक्किदा , वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ बस्ने ५५ वर्षिय बालजित राई गम्भिर घाईते भएको विपि क्याम्प प्रहरीका विश्वनाथ यादवले बताएका छन् ।
उनलाई टाउको शरीरका अन्य भागमा गहिरो चोट लागेका उनी अहिले बोल्न नसक्ने अवस्थामा रहेको यादवले बताए । उनी संगै रहेको बाइक चालक बराहक्षेत्र नगरपालिका १ भण्डारीटारका ६८ वर्षिय धन बहादुर राई खुट्टामा चोट लागेको उनी सामान्य घाईते भएको प्रहरीले बताएको छ ।
कोशीपूलबाट नडाहा जांदै गरेको अल्बा मोटरसाईकल चालकको नाम वतन नखुलेको ट्राफिक प्रहरी चतराका ईन्चार्ज प्रहरी नायव निरीक्षक योगेन्द्र दाहालले बताएका छन् । भने अल्बाा चालक विपि क्याम्पमा उपचार गराउन नआएको विपि प्रहरीले बताएको छ ।
































