पाँचथर । जिल्लाको तुम्बेवा गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । शनिबार राति नौ बजे भएको दुर्घटनामा परी चालक पाँचथरको मिक्लाजुङ–२ सराङडाँडाका २३ वर्षीय दीपक भट्टराई र इलामको माङ्सेबुङ गाउँपालिका–४ का सञ्जय योङ्हाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी तुम्बेवा गाउँपालिका–४ का बमबहादुर तुम्सा र अमृत शेर्मा घाइते भएको बताइएको छ । तुम्बेवा गाउँपालिका–४ साक्फाराबाट गोलिया लिएर मिक्लाजुङ गाउँपालिकाको दशमी बजारतर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
































