धरान  / सन् १९९३ देखि मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । आज विश्वभर प्रेस स्वतनत्राता दिवस मनाइएको छ । नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा आज धरानमा प्रभातफेरी तथा अन्र्तक्रिया गरि प्रेस स्वतन्त्राता दिवस मनाइयो । भानुचोकबाट निष्किएको प्रभातफेरी धरान उपमहानगरपालिकामा पुगेर अन्र्तक्रिया गरेको हो । आमसंचार र पत्राकारिता अध्ययन गदैं गरेका विद्यार्थीहरुसँग पत्रकारिताका व्यवहारिक पक्षर सैद्धान्तिक पक्षबारे छलफल गरिएको थियो ।
छलफलमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा पूर्वक्षितिज प्रकाशन प्रालिका प्रवन्ध निर्देशक किशोरकुमार कार्की, पूर्व जिल्ला अध्यक्षहरु आनन्द श्रेष्ठ, केशव घिमिरे, प्रेस युनियनका जिल्ला अध्यक्ष धनबहादुर पुरी, प्रेस सेन्टरका प्रदेश अध्यक्ष राजन केडीलगायतको उपस्थिति रहेको थियो । पत्रकारिता अध्ययन गरेको विद्याथर्गीहरुलाई पत्रकारिताको व्यववहारिक ज्ञानबारे जानकारी गराउन अन्र्तक्रियाको आयोजना गरिएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले जानकारी दिए ।
संयुक्त राष्ट्रसङ्घको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन शुरु भएको हो । यो वर्ष राष्ट्रसङ्घकै आयोजनामा इथियोपियाको राजधानी आदिस अबावामा विशेष सम्मेलन भइरहेको छ । सन् १९९१ मा अर्को अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको सम्मेलनले जारी गरेको घोषणापत्रको स्मरणमा नै यो दिवस शुरु भएको हो । उक्त सम्मेलन युनेस्कोको आयोजनामा भएको थियो र सम्मेलनको मूल उद्देश्य बहुलवादी र स्वतन्त्र प्रेसको लागि गर्नुपर्ने कामहरू निर्दिष्ट गर्नु थियो । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि जारी विन्डहक घोषणापत्र एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय दस्तावेज हो जसको सान्दर्भिकता आज पनि उत्तिकै छ ।