धरान / इटहरीमा बसको ठक्करबाट इटहरी–८ का ७२ वर्षीया धनबहादुर भण्डारीकाे मृत्यु भएकाे छ । बिहिबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६६३१ नम्बरको बसले भण्डारीलाइ ठक्कर दिएको  थियाे ।  ठक्करबाट गम्भीर घाइते भएका भण्डारीको उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटामै मृत्यु भएको  प्रहरीले जनाएकाे छ । उनी पैदल हिड्दै थिए ।