देउराली । केहि समय अगाडी बस्ती र वनलाई प्रभावमा पार्ने गरी सर्दु खोलाको ठेक्का लगाएको प्रति त्यहाका स्थानियबासी राजनतिक दलका नेता कार्यकर्तालगायत वन तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरु धरान उपमहानगरपालिका प्रति निक्कै रुस्ट देखिए । उनिहरुले खोलामा उत्खनन् गरे बस्ती र वनलाई कटान गर्ने तथा खोला त्यस क्षेत्रमा पस्ने जोखीम बढ्ने भन्दै उपमहानगरपालिकाको गेटमा धर्ना दिएका थिए ।
चार वुदे सहमतीको पहिलो बुदा खोला उत्खनन् सुरु गर्दा स्थानियको पनि उपस्थितीमा मात्र सुरुगरीने भनेकोमा सुरुमै भएको बुदा उल्लङ्घन भएका सर्दु संरक्षण सरोकार समितिका संयोजक सुर्दशन श्रेष्ठले बाताए । उनले भने ‘ खोलामा काम सुरु गर्दा समिति र स्थानियको रोहबरमा गराइने, उत्खनन् संग–संगै संरक्षणको काम पनि थालिने भनेकोम काम सुरु भएको एक हप्ता जति भयो होला हामीलाई जनाकारी भएको छैन । ’
त्यस्तै लगभग २ महिना अघि धरान १५ र ५ नम्बर वडा भएर बग्ने सेउती खोलाको ठेक्का प्रकृया अगाडी बढ्न लागे संगै बस्ती र वनलाई प्रभावित हुने गरी ठेक्का प्रकृया अघि बढिरहेको भन्दै धरान ५ र १५ का सरोकारवाला तथा स्थानियबासीहरुले संयुक्तरुपमा बिरोध जनाएका थिए ।
धरान नगरपालिकाले मातहतमा रहेका प्राकृतीक स्रोतसाधनको उपभोग गर्न पाउने अधिकार रहेको भन्दै सेउती लगायत धरान ५ र ४ भएर बग्ने अधेरी र ५ र ६ भएर बग्ने शेराह खोलामा ठेक्का लगाएको छ ।
स्थानीयबासीले संरक्षण गर्दै आएको बिगतमा कहिल्यै ठेक्का नलागेका ति खोलाहरुमा जनप्रतिनिधि आएसंगै त्यहाका स्थानियलाई जानकारी नै नगराई ठेक्का लगाएकाे भन्दै अापति जनाएका छन ।
नेकपाका प्रदेश नेता आइन्द्र बिक्रम वेघा भन्छन् ‘ नगरपालिकाले आनो अनुकुलको आइईई गरेर कहिल्यै ठेक्का नलागेको क्षेत्रमा पनि ठेक्का लगाएको छ । सेउती खोलाले मात्रै प्रत्येक वर्ष धरान १५ का आधारभुत बस्ती, गणतन्त्र बस्ती, वीरनारायण टोल, खोरीया बस्ती, बगरकोटमा र धरान ५ का सिरान देउराली, बिच देउराली, खोक्लेन टापु, तल्लो देउराली, सुन्दर बस्ती लगायतका क्षेत्रका करिव १५०० घर परीवारलाई प्रभावमा पारीरहेको छ । यहा सानो गल्तीले पनि बस्ती बिस्थापित हुने खतरा रहेको छ । यस्तोमा डोजर लगाएर उत्खनन् गर्नु भनेको बगेको खोलामा हाम्फाल्नु सरह हो । ’
सोमबार भएको बिवाद मिलाउन धरान उपमहानगरको तर्फबाट मंगलबार बिहान बातावरण अधिकृत भेषराज घिमिरे, सामान्य प्रशासन महासाखा प्रमुख गणेश खतिवडा लगायत १५ र ६ नम्बर वडाका वडाध्यक्ष क्रमशः नरेश इवारम र भुवन सिंह बस्नेतसहित छलफल भएकाे छ ।
२०७० सालमा एक परीवार नै बगाए पछि नेपाल सरकार संघिय मामेला तथा स्थानीय विकास मन्त्रालयको स्विजरल्याड् सरकारको सहयोमा काम गर्ने प्राविधिकहरुले निरिक्षण गरेर खोलाको बहाब अनुसार पुलले नथेग्ने भन्दै पुलको लम्बाई नै बढाएको स्थानिय पदम कार्की बताउछन् । यस्तोमा खोला उत्खनन् हुनु गलत भएको उनको भनाइ छ ।
धरान ६ का वाडाध्यक्ष भन्छन् आइईई अनुसार नै भइरहेका ठेक्का लगाईएको हो । नगरपालिकाले एउटा मापदण्ड बनाएको छ । उनले भने ‘ हामीले ठेक्का लगाउदै गर्दा जसरी पनि ठेक्का लगाउनु पर्छ भन्ने छैन, आज हामी त्यसको पनि निरिक्षणमा हिडेका हौं तर मापदण्ड बढि नै गरेका देखीएको छ । उपमहानगरले खाेलाबाट हुने क्षतिलाई न्युनिकरण गर्न पनि याेजना बनाएकाे कार्यवहाक मेयर मञ्जु भण्डारीले बताइन ।
































