सिरहा / सिरहाको लहान बजारबाट अबैध लागु औषध सहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएका गस्तीटोलीले लहान नगरपािलकाबाट पक्राउ गरेका हो ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका वडा नं. ३ वस्ने वर्ष २६ को वण कुमार यादब र लहान नपा ८ वस्ने अनुज कुमार महतो रहेका छन् । दुबै युवक गाढा स्थित आँप बगैंचामा स.७ प ९३९१ मोटरसाइलसहित पक्राउ गरेका छ ।
दुबै जना ५ लिटर तेलको केनी भित्र लुकाई छिपाई राखेको फेनागन २०१ एम्पुल,डाईजेपाप २३८ एम्पुल र नोफन २२० एम्पुल र उनीहरु प्रयोगगर्ने तीन थान मोवाईल बरामद गरिएको थियो ।

पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी आवश्यक अनुसंधान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।