सिरहा / सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर १२ स्थित सिक्रौन गाउँमा गए राति हुदैं गरेको बालविवाह रोकिएको छ ।
सिरहाको लहान नगरपालिका वडा नम्बर २४ की १५ वर्षीय बालिका र जिल्ला धनुषाको सबैला नगरपालिका वडा नम्बर १० का करिब २५ वर्षको एक युवक बीच यहि मिति २०७६ वैशाख १६ गते विवाह हुदैं गर्दा रोकिएको हो ।
सियाकुमारी कामैतको अभिभावकले १५ वर्षकै उमेरमा ती बालिकालाई आफन्तको घरमा लगेर विवाह गराउन थालेका थिए । मिर्चैया नगरपालिकाका वडा नम्बर १२ का वडाअध्यक्ष तपेश्वर यादव र इलाका प्रहरी कार्यालय मिर्चैयाको सक्रियतामा उनको विवाह रोकिएको हो । विवाह रोकिएपछि जन्ती बाटोबाटै फर्केका छन् ।
उनको आफ्नो गाउँमा कम उमेर विवाह नगराउन दबाब आएपछि उनको बुबा ओपिन्दर कामैतले आफ्न्तको घर सिक्रौन पुगेर लुकाएर विवाह गर्नेे चादोपाजो मिलाएका थिए । जन्मदर्ता अनुसार बालिकाको उमेर १५ वर्ष रहेका छ । जन्म मितिः२०६० असोज १८ गते भएको उल्लेख छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्स्पेक्टर दिनेश गौतमले कानुनले बालविवाह बन्देज गरेकाले रोकिएको बताए ।
पर्यटन मनत्रीको सहभागतिामा अर्को बालविवहा
यता, सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर १२ सिक्रौन गाउँका स्थानीय यूवा अरुण कुमार सहनीले भने केहि दिन अगाडि सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ३ प्रसाही की १४ वर्षीया राधा मल्लिक (डोम)को जिल्ला धनुषाको औरही गाउँपालिकामा बस्ने करिब २४ वर्षका अजय मल्लिकसँग बिहे गराएको थियो । ती बालिकाको बिहेमा प्रदेश २ का उद्योग पर्यटन, वन तथा बाताबरण राज्यमन्त्री सुरेश मण्डल र कल्याणपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष अशोक मण्डलले लाखौं रुपैयाँ खर्च बालविवाह गराएका थिए । तर त्यो बेला प्रहरी बाल विवाह रोक्न नगएको तर हाम्रो गाउँमा गरिबको छोरीको विहे रोक्न आएको स्थानीयले आरोप लगाएका छन् ।