Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • काष्ठमण्डप, धरहरा र रानीपोखरीको गति

काष्ठमण्डप, धरहरा र रानीपोखरीको गति

  • वैशाख ११, २०७६
  • रासस
 
काठमाडौँ / भूकम्प गएको चार वर्षपछि काठमाडौँ उपत्यकाका मुख्य तीन ऐतिहासिक सम्पदाको पुनःनिर्माणले गति लिएको छ । पुनःनिर्माण शुरु भएको करीब चार महिनापछि काष्ठमण्डपको २५, धरहराको १३ र रानीपोखरीको नगण्य काम शुरु भएको छ । भूकम्प गएको लामो समयपछि गत पुसदेखि धरहरा माघदेखि काष्ठमण्डप र फागुनदेखि रानीपोखरी पुनःनिर्माण शुरु गरिएको थियो ।
विसं २०७२ वैशाख १२ गते भूकम्पले गर्दा यी तीनै सम्पदामा पूर्ण रुपमा क्षति पुगेको थियो । आकर्षक रानीपोखरी ! अठारौँ शताब्दीको रानीपोखरी पुनःनिर्माणका लागि लामो समय काठमाडौँ महानगरपालिकाले जिम्मा लिए पनि विभिन्न किसिमका आन्तरिक विवादका कारण काम नभएपछि गत माघ १४ मन्त्रिपरिषद् बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर क्षेत्रको पुरातात्विक संरचना पुनःनिर्माणको जिम्मा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई दिएको थियो ।
अहिले रानीपोखरीमा पोखरीकै सरसफाइ र यसअघि कामपाले निर्माण गर्दा प्रयोग गरेको आधुनिक निर्माण सामग्री हटाउने काम भइरहेको प्राधिकरणका सिनियर डिभिजन इञ्जिनीयर धुव्रप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार हाल दैनिक ५० कामदारले पुनः निर्माणको काम गरिरहेका छन् । आगामी तिहारमा प्रयोग गर्न मिल्ने गरी काम तीव्र रुपमा भएको छ । प्राधिकरणका अनुसार अबको रानीपोखरी परम्परागत रुपमा निर्माण भए पनि आकर्षक हुन्छ । भूकम्प गएको करीब चार वर्षमा पुनःनिर्माण थालिएको रानीपोखरी पुरानै शैलीमा बन्नेछ । बालगोपालेश्वर मन्दिरलाई मल्लकालीन शैलीमा बनाउने योजना तय भइसकेको छ । पोखरी वरिपरिको क्षेत्रलाई थप आधुनिक र आकर्षक बनाइने बताइएको छ ।
प्राधिकरणले तयार पारेको विधिअनुसार पोखरीको मध्यभागमा कालीमाटी राखिने छ । माटाको तह तयार भएपछि करीब दुई फिट बालुवा राखिनेछ । वरिपरि भत्किएका पर्खाल पुरानै तहअनुसार मिलाइनेछ । डिलमा पैदलमार्ग बन्नेछ । पर्खालमा इँटा प्रयोग गरिने जनाइएको छ । पोखरीको पूर्व र उत्तरतर्फ ढुङ्गा छापेर पेटीसँगै ठाउँठाउँमा हरियाली बनाइने छ । विसं २०७२ माघ २ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिलान्यास भएको रानीपोखरीको पुनःनिर्माणको काम शुरुमा कामपाले पाए पनि महानगरले ठेकदारमार्फत काम गराउँदा प्राचीन सम्पदा पुनःनिर्माणमा एकपछि अर्को विवाद भएपछि काम हुन नसकेको हो । राजा प्रताप मल्लका माहिला छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराइएको शिलालेखमा उल्लेख छ । पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको थियो । एकै रुखले नबन्ने भो काष्ठमण्डप काठमाडौँको नामको उत्पत्ति भएको काष्ठमण्डप पुनःनिर्माणको काम पनि धमाधम भइरहेको छ । निर्माणअन्तर्गत अहिले काठको काम भइरहेको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले अहिलेसम्ममा २५ प्रतिशत काम सकिएको छ बताए ।
अहिले झ्याल र ढोका निर्माणको काम भइरहेको छ । गत माघ २७ गते श्रीपञ्चमीका दिन काष्ठमण्डपको मूल थाम उठाइएको थियो । उक्त दिन काष्ठमण्डको मुख्य चार थाम उठाउइएको हो । प्रयोग गरिएका चार थाममध्ये तीन नयाँ प्रयोग गरिएको हो भने एउटा पुरानै प्रयोग गरिएको छ । अध्यक्ष शाक्यले भने ।
“ आगामाी सालको असार मसान्तसम्ममा भुइँतलाको कार्य सम्पन्न गर्ने गरी काम भइरहेको छ, निर्धारित समयमा काम सकिन्छ । ” सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वर्ष वैशाख ३१ गते क्षमा पूजा गरिसकिएको छ । बिसेत नामका मानिसले जात्रा हेर्न आएका कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो ।
 
कामपाले पुनःनिर्माण समितिलाई हालसम्म रु पाँच करोड ५० लाख आर्थिक सहयोग प्रदान गरिसकेको छ । काष्ठमण्डपलाई प्राचीन स्वरूपमै तयार गरिनेछ । पुरानै स्वरूपअनुसार तीन तलाकै बनाइने छ । मन्दिरमा नेपाली सालको काठ प्रयोग गरिनेछ । काष्ठमण्डपमा धेरै डिजाइनका काठ प्रयोग हुनेछन् तर एकै रुखका हुनेछैन । आठ फिटभन्दा माथिका एक हजार दुई सय ५६ क्युबिक फिटका काठ प्रयोग गरिनेछ । आठ फिटभन्दा तलका काठ पनि ठाउँठाउँमा प्रयोग हुनेछन् । पुनःनिर्माणपछि मन्दिरको छानो भने झिँगटीले सजिने छ । धरहरामा दुई भ¥याङ धरहरा पुनः निर्माणको कामअन्र्तगत अहिले जमीनमुनि पिलर राख्ने काम करीब अन्तिम चरणमा पुगेकाले अबको केही दिनमा जमिन माथिको काम हुनेछ ।
निर्धारित समयमा नै सक्नेगरी काम भइरहेको प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिए । सुनधारास्थित २९ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा ११ तलाको बन्नेछ । टुप्पाबाट काठमाडौँ उपत्यका पूरै नियाल्न पाइनेछ । वरपर सङ्ग्रहालय, पानीको फोहरा, नाट्यघर, आकर्षक बगैंँचा, पार्किङ स्थल, खाजाघरलगायत निर्माण गरिनेछन् । गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको शिलान्यास गरे। पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ जहाँ दुई लिफ्ट ( आधुनिक भ¥याङ) पनि हुनेछ । साथै एउटा परम्परागत भ¥याङ रहनेछ । लिफ्ट र भ¥याङ दुवै माध्यमबाट धरहरा चढ्न सकिनेछ । दुई वर्षका अवधिमा निर्माण सम्पन्न गर्ने गरी रमन कन्सट्रक्सनले धरहराको पुनःनिर्माण शुरु गरेको हो । कूल रु तीन अर्ब ४८ करोड लगानीमा निर्माण हुने धरहरा २२ तला र ७२ मिटर अग्लो हुनेछ । धरहराको १८ औँ तलामा अवलोकन कक्ष हुनेछ ।
नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी कक्ष, पार्किङ स्थल, पसललगायत रहनेछन् । धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने छ । त्यहाँ आउने अवलोकनकर्ताले सवारी साधनको व्यवस्थित पार्किङ गर्न सक्ने गरी पुनःनिर्माण हुनेछ । त्यहाँ ३५० गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ । एघारतले धरहरा ९० सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरे। मानन्धरका अनुसार गोश्वारा हुलाकका कारण काम गर्न समस्या भएपछि भत्काउनुपर्ने देखिएको छ । हुलाक सार्नका लागि आवश्यक पहल गरिएको छ । बबरमहलमा कार्यालय सार्नका लागि हुलाक सेवा विभागले तयारी थालेको छ । जगको काम पूरा भएपछि गोश्वारा हुलाक भत्काइने र बाँकी काम गरिने छ । ऐतिहासिक सम्पदा निर्माणका लागि कामदार पाउन त्यति सहज छैन । अहिले काष्ठमण्डप र रानीपोखरीको पुनःनिर्माणमा भक्तपुरका सीपयुक्त कामदार खटिएका छन् ।
  • भूकम्प
सम्बन्धित समाचार
भारतबाट ल्याइएको १०८ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

विजयपुर । सुनसरी प्रहरीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको १०८.०३ ग्राम ब्र ...

भन्सार छलीका ८ लाखको कुर्ता–सुरुवाल बरामद

विजयपुर । सुनसरी प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएका करिब ८ लाख रुपै ...

मोरङको डानियामा चार वर्षीया बालिकाको हत्या

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलमा चार वर्षी ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
भारतबाट ल्याइएको १०८ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
साउन ९, २०८३
भन्सार छलीका ८ लाखको कुर्ता–सुरुवाल बरामद
साउन ९, २०८३
मोरङको डानियामा चार वर्षीया बालिकाको हत्या
साउन ९, २०८३
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
साउन ९, २०८३
आजको मौसमः एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
साउन ९, २०८३
एडिबीको सहयोगमा धरानको ६ अर्बको खानेपानी आयोजना अघि बढ्यो
साउन ८, २०८३
धरान–६ मा मोटरसाइकल दुर्घटना: चालकको घटनास्थलमै मृत्यु
साउन ८, २०८३
सुनचाँदीको मूल्य घट्यो
साउन ८, २०८३
अनलाइन सट्टेबाजीका दुई लाख ‘एप’ बन्द
साउन ८, २०८३
काली मन्दिरको अतिक्रमित जग्गा र भवन खाली गराइयो
साउन ८, २०८३
फलोअपः सुम्निमा–पारुहाङ प्रतिमामा स्वार्थको खेल
साउन ८, २०८३
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
साउन ८, २०८३
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
साउन ८, २०८३
ब्राउन सुगरसहित चार जना पक्राउ
साउन ७, २०८३
दमकमा तीन सवारी एकापसमा ठोक्किँदा एकको मृत्यु
साउन ७, २०८३
भारतबाट ल्याइएको १०८ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
साउन ९, २०८३
भन्सार छलीका ८ लाखको कुर्ता–सुरुवाल बरामद
साउन ९, २०८३
मोरङको डानियामा चार वर्षीया बालिकाको हत्या
साउन ९, २०८३
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
साउन ९, २०८३
आजको मौसमः एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
साउन ९, २०८३
एडिबीको सहयोगमा धरानको ६ अर्बको खानेपानी आयोजना अघि बढ्यो
साउन ८, २०८३
धरान–६ मा मोटरसाइकल दुर्घटना: चालकको घटनास्थलमै मृत्यु
साउन ८, २०८३
सुनचाँदीको मूल्य घट्यो
साउन ८, २०८३
अनलाइन सट्टेबाजीका दुई लाख ‘एप’ बन्द
साउन ८, २०८३
काली मन्दिरको अतिक्रमित जग्गा र भवन खाली गराइयो
साउन ८, २०८३
फलोअपः सुम्निमा–पारुहाङ प्रतिमामा स्वार्थको खेल
साउन ८, २०८३
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
साउन ८, २०८३
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
साउन ८, २०८३
ब्राउन सुगरसहित चार जना पक्राउ
साउन ७, २०८३
दमकमा तीन सवारी एकापसमा ठोक्किँदा एकको मृत्यु
साउन ७, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क