भद्रपुर / नक्कली नम्बर प्लेट राखेर चलाइएको सुमो गोल्ड नामको गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको अर्जुनधारा नगरपालिका ८ स्थित हात्ती किल्ला भन्ने स्थानबाट वेवारिसे अवस्थामा रहेको गाडी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले जनाएको छ ।
सादा पोषाकमा खटिएका प्रहरीले संका लागि चेकजाँच गर्दा ना २ च ६३२५ नम्बर उल्लेख गाडी दुई दिन अघि वेवारिसे अवस्थामा फेला पारेका थिए । चालक फेला नपरे पछि गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले गरेको अनुसन्धानमा नारायणी यातायात कार्यालयमा दर्तासमेत नरहेको उक्त कार्यालयबाट पत्र आए पछि गाडीलाई नियन्त्रणमा लिनु परेको सशस्त्रका सुचना अधिकारी कृष्णकुमार श्रेष्ठले जनाए । सक्कली कागजपत्र फेला नपरे पछि अनुमानित १२ लाख मूल्य कायम गरि विहीबार मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको श्रेष्ठले जानकारी दिए ।