देउराली । धरानको लक्ष्मी चौंकमा दुई वटा भ्यान एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । धरानको भानुचौकबाट फुस्रे तर्फ जादै गरेको को २ च ९८१ नम्बरको भ्यान र फुस्रेबाट आउदैगरेको को १ च ८१३५ नम्बरको भ्यान एक धरानको लक्ष्मीचौंकमा आपसमा ठोक्किदा को २ च ९८१ नम्बरको भ्यानमा सवार मोरंग कानेपोखरीका २९ वर्षिय उमा राई र २१ वर्षिय मन्जु मगर घाइते भएको अमरहाट अस्थायी प्रहरी पोष्टले जनाएको छ ।
घाइतेहरूको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहको छ । पोष्टका अनुसार बिपरित दिशामा रहेका दुई भ्यानले पैदलयात्रीलाई बचाउन खोज्दा करीव दिउँसो १ बजे सो दुर्घटना भएको हाे । भ्यान र भ्यान चालक याम्फु संखुवासभाका दिलबहादुर राइ र धरान –१३का सुमन साही अमरहाट प्रहरीकाे नियन्त्रणमा रहेका छन् । भ्यानको ठक्करले को २ ह १०९ नम्बरको टेम्पाेको पनि सामानन्य क्षती भएको टाफिक हवाल्दार अाेमप्रकास अधिकारीले जानकारी दिए ।
































