काँकडभिट्टा/ नेपालको पूर्वी नाका  काँकरभिट्टा मङ्गलबार बेलुका ६ बजेबाट ४८ घण्टाका लागि बन्द भएको  छ । 
 
भारतमा हुन लागेको निर्वाचनलाई लक्षित गरेर मतदान हुनुभन्दा ४८ घण्टाअगाडि नै भारतको पानीट्याङ्कीको गेट भारतीय सुरक्षाकर्मीहरूले बेलुकी ६ बजे बन्द गरेपछि काँकरभिट्टा नाका बन्द गरिएको इलाका प्रहरी कार्यालय  काँकरभिट्टाका डिएसपी महेश थापाले बताए । 
 
थापाका अनुसार अप्रिल १८ तारिक भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनलाई लक्षित गरेर काँकरभिट्टा नाका बन्द गरिएको हो । उनका अनुसार  बिहीबार बिहान ५ बजे नाका खुल्नेछ । बिरामी बोकेका एम्बुलेन्स र भारतमा हुने निर्वाचनमा मतदान गर्नका लागि परिचय–पत्र बोकेका मानिसलाई मात्र भारत प्रवेश गर्न दिइने भारतीय सुरक्षाकर्मीले जानकारी दिएको थापाले बताए ।