सुनसरी/ इटहरी-२ मा रहेको मुक्तीनारायण मन्दिरमा चोरी भएको छ । मङ्गलबार राती मन्दिरको ढोकाको ताला फुटाएर दान पेटिकाको रकम र अन्य सामान चोरी भएको मन्दिर सञ्चालक समितिका सचिव गुरुप्रसाद कोइरालाले बताए ।

उनका अनुसार मन्दिर भित्र रहेको दुई वटा दानपेटिकाको पैसा लगभग ७५ हजार रुपैयाँ चोरी भएको छ । यस्तै नियमित प्रयोगमा आउने साउण्ड सिस्टमलगायतका सामाग्री पनि चोरी भएको उनले जानकारी दिए । यसै पुजारी बस्ने कोठाको पनि ताला फुटाइ सामान चोरी भएको छ ।

तर, मङ्गलबार पुजारी घर गएको बेलामा चोरी भएको कारण के कति सामान चोरी भयो भन्ने यकिन भएको छैन । बुधबार विहान मन्दिरमा पुजा गर्न जाँदा मात्रै चोरी भएको थाहा भएको स्थानीय पदम दाहालले जानकारी दिए । मन्दिरमा नयाँ पुजारी नियुक्ती भएको कारण उनी परिवारलाई लिन घर गएका थिए । सहयोगीको रुपमा स्थानीय पण्डित गोपाल घिमिरले मंगलबार साँझ मन्दिरमा आरती गरी साडे आठ बजेतिर ढोका पुजारीको कोठा भित्रबाट पनि सामान लगेको ।

मन्दिरको भित्र रडले ताला फूटाएको अवस्था छ । चोरीको विषयमा मन्दिर व्यवस्थापन समितिले इलाका प्रहरी कार्यालय इटहरीमा जानकारी गराई सकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवनाथ काफ्लेले जानकारी दिए । झण्डै चार कठ्ठा जग्गामा फैलिएको मन्दिरमा सामाजिक गतिविधी हुँदै आएको छ ।