भद्रपुर / झापाका एक जनप्रतिनिधिको घरमा दिउँसै करिव सातलाख रुपैयाँ मूल्य बराबरको धनमाल चोरी भएको छ । भद्रपुर नगरपालिका ९ का वडा सदस्य नुतन(नेत्र) पौडेलको घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सदस्य पौडेलको प्रकाशपुर स्थित घरमा सोमबार मध्यान्ह् सुन,चाँदीका गरगहना तथा नगद गरी अनुमानित सातलाख बराबरको सामान चोरी भएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जनाए । विहान ११ बजे नुतनले आमालाई लिएर भत्ता लिन चन्द्रगढी आएका थिए । साढे १२ बजे घर पुग्दा घर पछाडीको गृलमा लगाएको ताला फुटाएर कोठमा राखिएको तीन ओटा दराजमा रहेको ११ तोला सुन, २५ तोला चाँदी र २० हजार नगद चोरी भएको परिवारले जनाएका छन् । घरमा कोही नभएको मौका पारेर सोही समयमा धनमाल चोरी भएको पीडित पौडेलले जनाए । घटनापछि प्रहरीले चोरी गर्नेको खोजी शुरु गरेको छ ।