धनकुटा । डिभिजन वन कार्यालयले शसस्त्र प्रहरीद्धारा पक्राउ गरिएको मृग स्थानिय संचारकर्मी तथा जनप्रतिनिधिहरुको रोहवरमा शुक्रबार छोडि दिएको छ ।
एसईई परिक्षाको सुरक्षार्थ खटिएका शसस्त्र प्रहरीका जवानहरुले छथरजोरपाटी गाउँपालिकाको वडा नं.६ स्थित् सिधुवा बजार नजिकैको रहेको सरस्वती माध्यामिक विद्यालयमा मृग फेला पारेका थिए । बिहिबारको परिक्षा सकिएर साँझ विद्यालय परिसरमा अचानक भाले मृग आएपछि सुरक्षार्थ परिक्षा केन्द्रमा खटिएका शसस्त्र प्रहरीको टोलीले मृग पक्राउ गरेको थियो । उनीहरुले फेला पारेको मृगलाई डिभिजन वन कार्यालय धनकुटामा जिम्मा लगाएका थिए ।
डिभिजन वन कार्यालय धनकुटाले जिम्मा लिएको मृगलाई शुक्रबार साँगुरीगढी गाउँपालिका वडा नं.६ स्थित् पाथिभरा सामुदायिक वनमा लगेर छोडिएको छ । मृगलाई डिभिजन वन कार्यालय धनकुटाका प्रमुख रामचन्द्र कँडेलले वडा नं.६ का वडाध्यक्ष यमप्रकास मगर (दिपक), आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाका अध्यक्ष एवं ब्लाष्ट टाईम्स दैनिकका धनकुटा शाखा सम्वादाता सन्तवीर लामा, इलाका प्रहरी कार्यालय भेडेटारका प्रतिनिधि लगायतको रोहवरमा पाथिभरा सामुदायिक वन भेडेटार नजिकेको जंगलमा छोडिएको हो ।
वन्यजन्तु संरक्षण गर्नु सवै नागरिकको कर्तव्य भएकाले जनप्रतिनिधिहरुको रोहवरमा सशस्त्र प्रहरीद्धारा फेला पारी डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरिएको मृग पुनः वन मै लगेर छाडिएको वनअधिकृत रामचन्द्र कँडेलले बताए ।
वन अधिकृत कँडेलले यो कार्यले वन्य जन्तु चोरी सिकारी गर्न हुन्न, वन्य जन्तु संरक्षण गर्नु राज्य र हरेक नागरिकको दायित्व हो भन्ने शन्देश दिनको लागी पनि जनप्रतिनिधि र संचारकर्मीहरुको रोहवरमा मृग जंगलमा लगेर छोडिएको बताए । छथर परेवादिनको चिसो हावापानीमा हुर्किएको मृगलाई उस्तै हवापानी मिल्ने भेडेटार नजिकैको पाथिभरा समुदायिक वनमा लगेर छाडिएको वन अधिकृत कँडेलले वताए । सामान्यतया मृग समुन्द्र सतह देखी
१६ देखी १८ सय मिटर उचाईमा बस्ने भएकाले पनि चिसो हावापानी मृगको लागी मिल्दोजुल्दो र स्वास्थ्यकर हुने भएकाले भेडेटार आसपासको जंगलमा ल्याएर मृग छाडिएको बताए । उनले मृग समातेर डिभिजन वन कार्यालय धनकुटालाई जिम्मा लगाउने शसस्त्र प्रहरी वल ६ नम्बर गुल्म धनकुटामा कार्यरत शसस्त्र प्रहरीको टोलीलाई पनि धन्यवाद दिए ।
































