तेह्रथुम / दक्षिण कोरियामा कार्यरत एक नेपालीको निधन भएको छ । मृत्यु हुनेमा आठराई गाउँपालिका वार्ड नम्बर ६ चुहानडाँडाका वडा अध्यक्ष तेजप्रसाद कन्दङ्वाका छोरा ३५ बर्षीय रोशन कन्दङ्वा लिम्बु रहेको बताइएको छ ।
बिगत ८ बर्षयता दक्षिण कोरियाको राजधानी सोलको एक कप्पनीमा कार्यरत छोराको मृत्युको खबर आएको वडा अध्यक्ष कन्दङवाले बताए । रोशन सुतेकै ठाउँमा मृत भेटिएको दक्षिण कोरियामै कार्यरत उनका दाई चिन्तित कन्दङ्वाले बताएका छन् । उनी कोरियाकोे पहिलो कन्ट्रयाक पुरा गरेर ईपीएस मार्फत दोस्रो पटक त्यस कम्पनीमा गएका थिए । उनको परिवारमा बुवा, आमा र चार दिदी सहित श्रीमति छन् ।