बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाको चतरामा बास बोकेको मिनि ट्रकबाट खसेर किशोरको ज्यान गएको छ । नगरपालिकाको वडा नम्बर १ स्थित सुनसरी मोरङ्ग सिंचाई योजनाको नहर पारी पट्टी रहेको जगद्गुरु आश्रम नजिकै, चतरा आर्यघाट जाने धुम्तीमा भएको दुर्घटनामा उदयपुर बेलका नगरपालिका ८ बस्ने २० वर्षीय हेमन्त मगरको ज्यान गएको हाे ।
बिहिबार बिहान करिब १० बजे जगद्गुरु आश्रमको लागि कोशीबाट ल्याउँदै गरेको बास वोकेको, को १ ख २५६९ नम्बरको रोयल धनकुटा नाम भएको स्वराज कम्पनीको मिनि ट्रकबाट मगर खोसेर गंभीर घाईते भएका मगर उपचारको लागि धरानस्थित बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाे थियाे । उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे इलाका प्रहरी कार्यलय चतराका प्रहरी सहायक निरीक्षक अमासु लाल राजवंशीले जानकारी दिए ।
































