ताप्लेजुङ/ ताप्लेजुङको मेरीङ्देन गाउँपालिका वडा नं. २ सान्थाक्रमा एक घर जल्दा एक महिलाको मृत्यु भएको छ ।
 
स्थानिय जितबहादुर लिम्बूको घरमा आगलागी हुँदा घरैमा सुतेकी लिम्बूकी श्रीमतीको जलेर मृत्यू भएको प्रहरीले जानकारी दिएको छ ।  सुतिरहेको अवस्थामा ३५ वर्षीय बुधमाया लिम्बूको मृत्यु भएको छ भने उनका १० वर्षीय छोरा भने आगलागीबाट बच्न सफल भएका छन् ।
 
आगलागीका कारण ७ लाख बराबरको धनमाल जलेको प्रहरीको भनाइ छ । आगो के कारणले लागेको हो भन्ने यकिन भइसकेको छैन । श्रीमान् जितबहादुर भने आगलागी हुँदा घरमा नरहेको प्रहरीको भनाइ छ ।