पथरी/ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सुकुम्बासी र बसोवासको समस्या समाधान गर्न सरकारले निर्माण गरेको कानून अन्तिम चरणमा पुगेको बताउँदै नहतारिन आग्रह गरेका छन् ।
बुधबार मोरङको कानेपोखरी गाउँपालिका स्तरीय बृहत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्रि ढकालले सो कुरा बताएको हो । भूमिसँग सम्बन्धी नीतिगत व्यवस्था पुरा गरेर सदनमा लगि सकेकोले अब चाँडै सुकुम्बासी र बसोवासको समस्या समाधान हुँने मन्त्रि ढकालले बताए । मोरङ क्षेत्र नं.३ मा सुकुम्बासीको समस्या र दोहोरो स्वामित्व भएको जग्गा पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिका रहेकोले मन्त्री ढककाललाई त्यहाँका जनताले प्राथमिकताका साथ हेरेका छन् ।
अस अघि विभिन्न राजनितिक दलले समस्याको सामाधान गरिदिने भनेर धेरै पटक चुनावमा बाचा गरेर त्यस स्थानमा चुनाव जितेको तथ्याङ छन् । चुनाव जितेर गए पनि अहिले सम्म समस्याको समाधान भएको छैन । स्थीर सरकार नभएको कारण समस्याको समधान गर्न नसकेको पूर्व संसादहरुले बताउँदै आएका थिए । तर यस पटक पनि मन्त्रि ढकाल तथा नेताहरुले चुनावी मैदानमा जादा पहिलो प्राथमिकता सुकुम्बासी समस्याको समधान नै बताएका थिए ।
ढकाल मन्त्रि हुन साथ यस दुई पालिकामा आउन साथ सुकुम्बासीको नेताहरुको सुकुम्बासी समस्याको समाधानको ज्ञापन पत्र कार्यक्रम पिछे हस्तान्तरण गरेका थिए । मन्त्रि ढकाललाई यस क्षेत्रमा सामान्य कार्यक्रम हुँदा पनि सुकुम्बासी समस्याको बारेमा नबोली उन्मुक्ती नै पाउँदैनन् ।
मन्त्रि ढकालले बृद्धा भत्ता क्षतिपुर्ति सहित ५ हजार बनाउने सरकारले तयारी गरिरहेको उनले बताए । त्यसैगरी प्रदेशकै गौरवको रुपमा मानिएको पथरीशनिश्चरे–१० स्थित भुटानी शरनार्थी शिविरमा आदिवासी जनजाति सहितको साँस्कृतिक संग्रहालयको प्रक्रिया अघि बढेकोले आफुले चुनावमा गरेको बाचा पुरा गर्दै लगेको बताए ।
त्यसैगरी नेकपाका नेता ऋषिकेश पोखे्रलले दुवै पार्टीको महाधिवेसन पछि नीति, उदेश्य एउटै भएपछि राजनितिक,बैचारीक रुप पनि एक भएकोले पार्टी एकता भएको बताउँदै केन्द्रमात्र कमिटि बनेकोले अबको एक महिना भित्र वडा,गाउँ, जिल्ला र प्रदेशको कमिटि बन्ने विश्वास कार्यकर्ताहरुलाई दिलाएका थिए । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य महेश रेग्मी, प्रदेश सहइन्चार्ज सावित्री कुमार काफ्ले, प्रदेश सदस्य भोगेन्द्र यादव र कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बोलेका थिए ।
नेता, कार्यकर्ताले कार्यक्रममा दिवंगत भएका मन्त्रि रविन्द्र अधिकारी र पूर्वअर्थमन्त्रि भरत मोहन अधिकारी प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा संविधानसभा सदस्य चण्डीप्रसाद राई, लालबहादुर सुस्लिङ मगर, नेकपाका केन्द्रीय सदस्य विनोद ढकाल, गोपी अछामी सहितका नेताहरुको उपस्थिती रहेको थियो । भोला प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मनोज राजवंशीले संचालन गरेका थिए ।
































