धरान । मोबाइल फोनमा व्यस्त भएका कारण एक महिलाले चलाएको कारले धरान–१५ पिण्डेश्वरी चोकको विद्युत्को पोलमाथि साेमबार करिब १२ बजेतिर ठक्कर दिँदा पोल भाच्चिएको छ ।

पोल भाच्चिएको कारण धरान–१५ को विद्युत् गएको छ । आउन अझै केही समय लाग्ने बताइएको छ । झापा दमकबाट धरान आइपुगेकी रुपा राईले पोलमा ठक्कर दिई दुर्घटना भएको हो । पोल पूर्णरूपमा भाच्चिएको छ भने कारको अघिल्तिरको भाग कुच्चिएको छ ।

मे १ च ३४९८ नम्बरको कार ठोक्किएको हो । चालक राईले आफू फोनमा बोलिरहेको समयमा आँखा नै नदेखेको प्रहरीलाई जानकारी दिएकी छन् । पोल भाच्चिएपछि उक्त पोलबापत् लाग्ने खर्च तथा मर्मतमा लाग्ने खर्च चालक राईलाई नै भुक्तानी गर्न लगाउने नियम विद्युत् प्राधिकरणको छ ।