श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन १९ गते आइतबार, ३ मार्च २०१९ । फाल्गुण कृष्णपक्षको द्वादशी तिथि १४ः३८ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र उत्तरषाढा १०ः१० बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमाराशि मकर,सूर्योदय ६ः२८ र सूर्यास्त ६ः५ मा हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, ले, लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । पारिवारिक जीवनमा खुसी छाउला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जग्गा–जमिन तथा भवन सम्बन्धि काममा रुचि बढ्नेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।मन प्रसन्न रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजन होला । रमाइलोमा दिन वित्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ ।जागीरमा बढुवा तथा स्थानान्तरण होला । घरपरिवारमा धार्मिक कार्यक्रम हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय राम्रोछ । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । महिला मित्रको विशेष सहयोग मिल्ला शुभ समाचार सुन्न पाइएला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरिर अश्वस्थ रहला । सानो कामको लागी ठुलै धनराशि खर्च होला । दिनको उत्तरार्धतिर शुभ समाचार सुन्न पाइएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । कार्य व्यवसायमा विशेष लाभ मिल्ला । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सेवामुलक कार्यक्रममा संलग्न भइएला ।समाजका गन्यमान्य व्यक्तिहरुसित रमाइलो भेटघाट एवं खानपिन हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययन–अध्यापनमा मन जानेछ । वैदेशिक क्षेत्रको काममा विशेष लाभ मिल्ला । मित्र मिलनको योगछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । शुभ समाचार सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । शिर तथा नशा सम्बन्धि समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । वस्त्र तथा आभूषण प्राप्त होला । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ ।