काठमाडौं / भारत–पाकिस्तानबीचको तनाव जारी रहेका बेला दुई देशबीचको विवादित सीमा क्षेत्र कास्मिरमा भारतीय सेनाको लडाकु विमान दुर्घटना भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार श्रीनगरबाट उडान भरेको वायु सैनिक विमान कास्मिरको कलान भन्ने स्थानमा खसेको भारतीय संचारमाध्यमले जनाउका छन् । दुर्घटनामा विमान चालकको मृत्यु भएको छ । प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएअनुसार उडान भरेको केही समयमै विमान ठूलो आवाजका साथ आकाशमै पड्किएको थियो । आगो लागेको विमान खेतमा खसेको थियो ।
भारतीय सेनाले पाकिस्तानको भूमिमा हवाई आक्रमण गरेको भोलिपल्टै भएको विमान दुर्घटनालाई शंकाका रुपमा हेरेको छ । पाकिस्तानले जवाफ पर्काउने चेतावनी दिए लगतै दसर्घटना हुनुले भारतीय सैनिक विमान पाकिस्तानले खसालेको हुन सक्ने आशंका गरिएको छ ।
दुर्घटनालगत्तै पाकिस्तानी फाइटर विमानले भारतीय क्षेत्रको परिक्रमा गरी फर्केको बताइएको छ । भारतले पाकिस्तानले आफ्नो क्षेत्रमा अन्तर्राष्ट्रिय हवाई नियमको उल्लंघन गरेको आरोप पनि लगाएको छ ।