ब्लाष्टखबर । ललितपुरको स्थित एनसेल टावरमा शुक्रबार साँझ भएको बम विष्फोटमा संलग्न भएको आशंकामा एनसेलको कार्यालयका सुरक्षा गार्ड पक्राउ परेका छन्।

सीसीटीभी फुटेजमा एक व्यक्तिले पोको बोकेर आएको र उक्त पोको त्यहीँ छोडेर हिँडेको देखिएको र ति सेक्युरिटी गार्डले उक्त पोको उठाएर बाहिर निकालेको देखिएको तर उसले प्रहरीलाई खबर गरेकाले किन प्रहरीलाई खबर गरेन भन्ने विषयमा उसलाई पक्राउ गरेर अनुसन्धान थालेकाे प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी गराएका छन्


विष्फोटमा तीन जना घाइते भएकाेमा एक जनाकाे मेडिसिटी हस्पिटलमाउपचारका क्रममा आज विहान मृत्यु भएकाे छ मृत्यु हुनेमा लम्जुङ घर भई हाल भैंसेपाटी बस्दै आएका सिंहबहादुर गुरुङ रहेका छन् ।