पाँचथर । स्कुटरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका–३, लालीखर्कका ३८ वर्षीय गोपाल राईको मृत्यु भएको हो । स्कुटरको ठक्करबाट सक्त घाइते भएका उनको फिदिमस्थित समर्पित हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक अनिलकुमार पौडेलले जानकारी दिए ।

उनलाई बिहान साँढे दश बजे साही स्थान बस्ने ५० बर्षिय टंक श्रेष्ठले चलाएको मे ४ प २५७३ नम्बरको स्कुटरले ठक्कर दिएको थियो । स्थानीय जनकल्याण माविमा केही दिनअघि सम्पन्न महापुराणको आर्थिक संयोजक रहेका राईलाई सोहि बिषयमा बिद्यालयमा बैठक बस्न जाँदै गरेको अवस्थामा स्कुटरले ठक्कर दिएको थियो ।

दुर्घटनामा परी स्कुटर चालक श्रेष्ठ पनि घाइते भएका छन् । उनको समर्पित हस्पिटलमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।