भद्रपुर / मादक पदार्थ सेवन गरी ७६ वर्षीया वृद्धामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका ५ का २३ वर्षीय कुमार लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लिम्बुले मादक पदार्थ सेवन गरी सोही स्थानकी वृद्धालाई घरमा सुतिरहेको अवस्थामा जवरजस्ती करणी गर्न खोजेको आरोप छ ।
वृद्धालाई घरमै करणीको प्रयास भएको उनका श्रीमानले देखेपछि तत्काल इलाका प्रहरी कार्यालय काकँडभिट्टालाई खबर गरेका थिए । श्रीमानले सीमा प्रहरी चौकी नकलबन्दामा उजुरी दिएपछि लिम्बुलाई बुधबार बेलुका पक्राउ गरिएको जिप्रकाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । लिम्बुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखेर थप अनुसंन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रक्सी खाएर ७६ वर्षीया वृद्धालाई बलात्कारको आरोपमा युवक पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































