उदयपुर/ राष्ट्रिय गौरबको आयोजना अन्तर्गत मदन भण्डारी राजमार्गका उदयपुरको सदरमुकाम खण्डमा हुदै गरेको निर्माण कार्य मापदण्ड विपरित भएपछि स्थानीयले विरोध जनाएका छन् ।

त्रियुगा नगरपालिका वडा नं ७ चुहाडे क्षेत्रमा आईतबार देखि सुरु गरेका सडक कालोपत्रेको काम चौडाई ११ मिटर हुनुपर्नेमा १० मिटरमात्र भएपछि स्थानीयले विरोध जनाएका हुन् ।

विगतमा स्थानीयसंग जग्गा लिँदा र आयोजना संझौतामै सरकारले ११ मिटर कालोपत्रे गर्ने भनेकोमा स्थानीयको आँखाछल गर्दै सडक आयोजना र ठेकेदार कम्पनी जेडआईइसी, शर्मा लामा जेभी कन्ट्रक्सनले मापदण्ड विपरित काम गरेको हो ।

सडक कार्यालय र ठेकेदार कम्पनीले आर्थिक चलखेल गरेर सडक खुम्च्याउने काम गरेको आरोप स्थानीयको छ । सडक आयोजना र ठेकेदारले जनताबीच पारदर्शी काम नगरेकाले पनि आर्थिक चलखेलको आशंका गरेका हुन् ।

हाडे चोक आसपासको करिब १५ सय मिटर सडकमा नियम विपरित काम गरिएको देखिन्छ । यस क्षेत्र बाहेकका पूर्व-पश्चिमको सडक खण्डहरुमा ११ मिटरको काम हुने तर चुहाडे आसपासमा १० मिटरमात्र भएपछि स्थानीयको चित्त नबुझेको स्थानियबासीहरुले बताएका छन् ।

राष्टिूय गौरबको आयोजना भएकाले धन फलाएर खादै गरेको खेत समेत केहि नभनि सडक लाई दिईएको पनि ११ मिटर कालोपत्रे गर्नु पर्नेमा १० मिटर मात्रै गरेकोमा कुनै आर्थिक चलखेलको गन्ध आएको स्थानिय राजेश कार्कीले बताए ।

राष्ट्रकै एक सम्बेदनशिल आयोजनामा त सरकारको नियम विपरीत काम हुन्छ भने अन्य साना तिना आयोजनामा त कुनै विश्वास गर्ने ठाउँ समेत नभएको कार्कीले बताए ।

सर्वे गर्दा स्थानियबासीलाई ११ मिटर कालोपत्रे गर्ने भनिएको र नेपाल सरकारको सम्झौता पत्रमा समेत ११ मिटर नै कालोपत्रे हुने भनिएको भएपनि एक्कासी १० मिटरमा झर्नु भनेको ठुलै चलखेल भएको आरोप स्थानिय बासु थापाले लगाएको छ ।

उदयपुरको एक मात्र पूर्व पश्चिम छिचोल्ने राजमार्ग भएको र राष्ट्रिय गौरबको आयोजना भएकाले पनि यस्ता काम गर्नु उचित नभएको थापाले बताए । मापदण्ड विपरित काम गर्ने हो भने स्थानियबासीहरु सडकमा समेत जान सक्ने थापाले बताए ।

सडकका लागि जग्गाको कुनै पनि कमी नभएकोले नेपाल सरकारको नियम विपरित काम हुनुमा सडक आयोजना र ठेकेदार कम्पिनीको चालखेल भएको थापाले बताए ।

तत्कालिन सडक आयोजनाको डिले ११ मिटर नै कालोपत्रे हुने भनिउको र अहिले आएको नयाँ डिले १० मिटरमा झार्नुमा केहि रहस्य लुकेको स्थानिय हिराप्रसाद ढकालले बताए ।

यदि जग्गाको अभाव भएको भए र सडक निर्माणमा कुनै किसिमले बढाउन नमिल्ने भएको भए हामि मान्थ्यौँ तर जग्गा प्रयाप्त छ । सम्झौतामा पनि ११ मिटर कालोपत्रे स्प्रस्ट छ । तर काम १० हुदैछ । काममा परिवर्तन आउनुमा ठुलै रहस्य लुकेको ढकालले बताए । 

...कालोपत्रे ११ वा १० मिटर, कति हो भन्ने प्रश्नमा सडक आयोजनाबाट खटेका इन्जिनियरहरुको स्पष्ट जवाफ छैन भने ठेकेदार कम्पनीका प्रतिनिधिले ११ मिटर नै हुनुपर्ने भएपनि सडकले १० मिटरमात्र कालोपात्रे गर्न निर्देश दिएकाले १० मिटरको नै काम गरेको बताएका छन् ।

११ मिटरबाट कसरी १० मिटरमा झर्यो त्यो कुरा माथी नै थाहा होला हामीलाई आएको निर्देशन अनुसार कालोपत्रे गरेको सडक आयोजनाको ईन्जिनियर सम्भु आचार्यले बताए ।

उनेले भने हामिलाई त जति बना भनेर माथिबाट निर्देशन आउछ त्यतिनै गर्ने हो । १० मिटरको काम गरे १० मिटरकै पैसा आउँछ । ११ मिटरको काम गरे ११ मिटरकै पैसा आउने ठेकेदार कम्पनी जेडआईइसी, शर्मा लामा जेभी कन्ट्रक्सनको प्रतिनिधि छिरिङ लामाले बताए ।