उर्लाबारी/नेपाल तामाङ घेदुङ सङ्घ नगर समिति उर्लाबारीले सोनाम ल्होछार पर्वमा बिदा दिन स्थानीय सरकारसँग माग गरेको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै आउँदो २२ गते पर्ने सोनाम ल्होछारमा बिदा दिन माग गरेको हो । तामाङ समुदायको राष्ट्रिय महत्व बोकेको नया“ वर्ष २८५५ को अवसरमा उर्लाबारी नगरपालिकालाई बिदा दिन माग गरिएको नगर अध्यक्ष राजु लामाले बताए ।
नगर प्रमुख खड्ग फागोले बिदा दिने÷नदिने बिषयमा नगर कार्यपालिकाबाट निर्णय भई नसकेको बताए । स्थानीय सरकार, सामाजिक सङ्घसंस्था, प्राज्ञिक समुदाय, व्यवसायी, उद्योगपति तथा आम नगरबासीबीच बृहत रूपमा शुभकामना आदान–प्रदान गर्ने आयोजकले जनाएको छ ।
जातजातिहरूको भेषभूषा, सांस्कृतिक संस्कारहरूको जागरण, संरक्षण र जगेर्ना गर्नमा मद्दत पुग्ने विश्वास गरिएको आयोजकले जनाएको छ । उर्लाबारीमा झण्डै १० हजारको हाराहारीमा तामाङ समुदाय रहेको अन्तर्राष्ट्रिय तामाङ परिषदका निवर्तमान अध्यक्ष महेन्द्रजङ्ग तामाङले बताए ।
































