दमक/ गत माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो गृह जील्ला दौडाहामा थिए । विभिन्न ४ ठाउँका फरक फरक कार्यक्रममा उनी सरिक भए । यसै क्रममा उनले नेपाल र भारतको सिमानामा पर्ने मेची पुलको समुद्धघाटन गरे ।
नौ पटक शिल्यान्यास भएको उत्त पुल पहिलो पटक शिल्यान्यास भएको ६० वर्ष पछि निर्माण सम्पन्न भएको छ । जिल्लामा निर्माणाधिन पुलहरु मध्ये यो एउटा प्रतिनिधि अवस्थामा मात्र हो । झापामा अहिले पनि १८ वटा पुल निर्माणाधिन अवस्थामा छन् ।
जसमद्ये १५ वटा पक्की पुलको ठेक्का सम्झौता सकिएको वर्षौ भयो । ठेकेदारले समयमा निर्माण नगरेका कारण यी पलुहरु अहिले पनि अलपत्र बनेका छन् । केही आयोजनाका त वर्षौदेखि निर्माणको काम नै पुर्ण बन्द भएका छन् । भने केही देखावटी रुपमा मात्र काम भएका छन् ।
यही जिल्लाको दक्षिणी क्षेत्रमा पुल निर्माणाधिन अवस्थामा छन् । निर्धारित समयमा निर्माण सम्पन्न नहुँदा त्यस क्षेत्रका नागरिक सास्ती खेप्न बाध्य छन् । सुगन जिल्ला भएर पनि पुल निर्माण नहुदा अहिले यस क्षेत्रका सर्बसाधारण कष्टकर जीवन निर्भाह गरि रहेका छन् ।
हिउद भरि बाँसको पुल वर्षायाममा ढुङ्गाको भर पर्नु पर्ने अवस्था छ । भने ठुलो पानी परेको वेला आवतजावत गर्ने बाटो नहुदा हप्तौँसम्म आफ्नै घरमा थुनिएर बस्नु पर्ने अवस्था रहेको गौरिगञ्ज गाउपालिका वाड्न १ का टंक राईको गुनासो छ ।
हुलाकी राजमार्ग अन्र्तगत झापाको कन्नकाइ नदिमा निर्माण हुदै गरेको पक्की पुल बिगत एक बर्षदेखि निर्माणको काम ठप्प छ । यो पुल ४ बर्षमा पुरा गर्नु पर्ने थियो । तर सम्झौता भएको ७ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन ।
अहिले निर्माणको काम समेत अलपत्र अवस्थामा छोडिएको छ । निर्धारित अवस्थामा पुल निर्माण नहुँदा जिल्लाका दक्षिण क्षेत्रका सबैसाधारण नदीमा जोखिम र कष्टपूर्ण यात्रा गर्न बर्षौ देखि बाध्य छन् ।
पुल नहुँदा दक्षिण झापाका बासिन्दाले छोटो दुरीमा रहेका दैनिक किनमेल गर्नु पर्ने बजारमा जाँदा समेत घण्टौं समय लगाएर लामो बाटो घुमेर जानु पर्ने बाध्यता रहेको गौरिगञ्ज गाउपालिका १ का वडा सदस्य समेत रहनु भएका टंक श्रेष्ठ बताउँछन् ।
वीरगञ्जको पप्पु कन्स्ट्रक्सनले कनकाई नदीको पुल निर्माणको ठेक्का सम्झौता ०६८ जेठमा गरेको थियो । ७ सय २४ मिटर लम्बाईको पुल ०७२ जेठ मसान्तमा निर्माण सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म ५० प्रतिशत मात्र काम सम्पन्न भएकोछ ।
हुलाकी राजमार्ग निर्देशनालय इटहरीका योजना प्रमुख बिजयकुमार महतोका अनुसार पटक पटक पत्रचार गर्दा समेत पुल पप्पु निर्माण कम्पनी काम गर्न आएको छैन । भ्याट सहित ३४ करोड रुपँयमामा ठेक्का दिइएको पुल अहिले पिल्लर उठाएर अलपत्र अवस्थामा छोडिएको छ ।
पटक पटक तागेता र म्याद थप गर्दा समेत निर्माण कम्पनीले वास्ता गरेको छैन । जसका कारण लामो समय देखि निर्माणको काम अघि बढ्न सकेको छैन । पप्पुको पाटर्नर कम्पनि महादेव खिम्तीले यस बर्षबाट काम गर्ने भनिए पनि हालसम्म काम सुरु गरिएको छैन ।
यसरी पुल नबन्दा नहुँदा स्थानीय बासिन्दाले पुल नबन्ने हो की भन्ने आशंका समेत व्यक्त गर्न थालेका छन् ।
झापाको हुलाकी राजमार्ग खण्ड अन्तर्गत १८ वटा साना ठूला पुल पर्दछन् । जस मध्ये १५ वटा पुल निर्माणधिन अवस्थामा छन् । देशकै प्रधानमन्त्रीको जिल्लामा नै यति ठुला योजना योजना वर्षौदेखि अलपत्र हुँदा समेत किन कारबाही नभएको तत्कालिन माहाभारा गाविसका गाबिस अध्यक्ष समेत रहेका बिजय अग्रवाल जिज्ञासा राख्छन् ।
ठेक्का लगाइएको पुल निर्माण समयमै सम्पन्न गर्न पनि तदारुकता देखाउन अवश्यक छ । यसरी लामो सयमसम्म काम अल्झाएर ओगटेर राख्ने निर्माण कम्पनीलाई तत्काल कार्बाही गरि नयाँ कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन स्थानीय बासिन्दा जोडदार माग गर्दछन् ।
































