जिरोर्पोइन्ट/ धरानलाई नेपालमा नै पहिलो सडक बालबालिका मुक्त नगर बनाउने उद्देशयका साथ नेप्लिज युथ कम्युनिटीले शनिबारबाट “सडक बालबालिका मुक्त धरान अभियान” प्रारम्भ गरेको छ । शनिबार धरानको लोकतान्त्रिक चौतारीमा एक औपचारीक कार्यक्रमको आयोजना गरी अभायानको सुरूवात गरीएको हो ।
उक्त कार्यक्रममा कम्युनिटीका अध्यक्ष तथा सडक बालबालिका मुक्त धरान अभियानका अभियन्ता लुईस जेम्स राईले धरानलाई सडक बालबालिका मुक्त बनाउनका लागि तयार पारेको आफ्नो योजनाहरू राखेका थिए । उनले धरानमा सडक बालबालिकाको संख्या गणना देखि बालबालिकालाई पुनस्र्थापना केन्द्रसम्म पुर्याउनका लागि कार्य अघि बढाईने बताएका छन् ।
उनको योजनाहरूका विषयमा कार्यक्रममा सहभागिले सल्लाह सुझाभ दिएका थिए । कार्यक्रमका प्रमुख खतिथि रहेकी प्रदेश नम्बर १ की संसद सावित्री जोसिले बालबालिका सडकसम्म पुग्नुमा बालबालिकाको मात्र गल्ति नभएकाले सरकार र सम्बन्धित पक्षले बालबालिकाको सुरक्षा गर्न जरूरी रहेको बताएकी छन् ।
उनले बालबालिको हक हितका लागि आफु पनि लागि पर्ने बताईन् । उनले सडक बालबालिका मुक्त बनाउने अभियानमा सबै लागि परेमा छिटै सफलता हासिल गर्न सकिने बताएकी छन् ।
कार्यक्रममा उपस्थित भएका वडा नम्बर २० का वडाअध्यक्ष साथै धरान उपमहानगरपालीकाका प्रवक्ता मणिराम राईले बालबालिकाहरू सडकसम्म कसरी पुगिरहेका छन् भन्ने विषयलाई बुझ्न जरूरी रहेको बताएका छन् ।
उक्त समयमा नै कम्युनिटीको आयोजनामा एकदिने “चिया फर च्यारेटि” नामक कार्यक्रम सम्पन्न भएको छ । उक्त “चिया फर च्यारेटि” बाट ३ हजार रकम संकलन भएको अध्यक्ष राईले बताएका छन् । यो नै अभियानको कोषको पहिलो रकम रहेको बताइएको छ ।
































