पथरी/ मोरङको कानेपोखरी गाउँपालिका स्तरीय लायन्स क्लब अफ कानेपोखरी गठन भएको छ । शनिबार रमाइलो बजारमा एक कार्यक्रमको आयोजना गरी क्लब गठन भएको हो ।

क्लबको लायन्स अध्यक्षमा कुमार फुयल चयन भएको छ । त्यसैगरी क्लबको प्रथम उपाध्यक्षमा होमनाथ दवाडी,द्धितीय उपाध्यक्षमा दिनेश सुब्बा मिभक,तृतीय उपध्यक्षमा डिल्ली फुयल चयन भएका छन् । त्यसैगरी लायन्स सचिवमा गणेश सुवेदी,सहसचिवमा याम प्रसाद पौडेल,कोषाध्यक्षमा मनोज अधिकारी र सहकोषाध्यक्षमा बन्दना पौडेल रहेका छन् ।

त्यसैगरी लायन्स क्बलका वोर्ड डाइरेक्टरमा भोला प्रसाद अधिकारी र टेल टुइस्टरमा दानबहादुर बस्नेत रहेको छ । कम्तिमा २२ जना सदस्य हुने क्लबको केही समय पछि सदस्य पुरा गरी पदस्थापन गर्ने तयारी रहेको क्लबले जनाएको छ । लायन्स क्लब अफ पथरीका पूर्व अध्यक्ष तुलसी ढकाल,वर्तमान उपाध्यक्ष उपेन्द्र कडेल र क्लबको सेक्रेटरी रोषन बुढाथोकीको उपस्थीतमा गठन भएको हो ।