पथरीशनिश्चरे / उत्तरी मोरङको लेटाङ नगरपालिका प्रमुख शंकर राईले आफ्ना लागि गाडी खरिद गर्ने रकमबाट नगरका विपन्नलाई जस्तापाताको छाना लगाइदिने अभियान थालेका छन् ।

नगर प्रमुख राईले ‘मेरो सुविधा कटाई देउ, लेटाङ नगरका फुसको छाना हटाई देउ’ को नारा अघि सार्दै गाडी किन्न दोश्रो नगरसभाबाट छुट्याएको सम्पूर्ण रकमबाट जस्तापाताको छाना लगाउने अभियान सुरु गरेका हुन् । गत वर्ष देखि सुरु गरिएको अभियानको निरन्तरता स्वरुप यस वर्ष छनौटमा परेका ७० घरधुरीलाई शुक्रवार जस्तापाता वितरण गरिएको छ । प्रति घरधुरी साढे तीन बण्डलका दरले प्रति परिवार ३५ हजार रुपैँयाँका दरले २५ लाख रुपैयाँको रंगिन जस्तापाता वितरण गरिएको हो । ‘विपन्नको घर चुहिएको छ, घाम छेल्ने समस्या छ । यस्तो अवस्थामा मैले सुविधाको गाडी किन्नु उपयुक्त नहुने ठहर गर्दै गाडीको खर्चले पहिले उनीहरुको ओतको व्यवस्थामा लागेको हुँ ।’– नगर प्रमुख राईले जस्तापाता वितरण कार्यक्रममा भने । नगरमा ७० प्रतिशत भन्दा बढि भू–भाग भिरालो हुनु, सोही क्षेत्रमा झण्डै ७ सय जति घरधुरी गरीवीका कारण फुसको छानाको हुनु लगायतको समस्या नै नगरको चुनौती रहेको वताए ।

शुरुमा ३० लाखको जस्ता खरिद गरे पनि ५ लाख बराबरको जस्ता भने अन्य पिडितलाई वितरण गरिइको वताइएको छ । हालसम्म वडावडाबाट आएको तथ्याङ्क अनुसार ४ सय २५ घरधुरीलाई जस्ता बाँड्नु पर्ने वडा नम्बर ३ का अध्यक्ष देवराज चाम्लिङले जनाए ।

नगर प्रमुख राईका लागि गाडी किन्न छुट्याइएको ६८ लाख, गत वर्षको ३५ लाख र केही अपुग थप रकम निकासा गरी एक करोड ५० लाख बराबरको जस्तापाता वितरण गर्ने योजना रहेको उल्लेख छ ।

 

ब्ततबअजmभलतक बचभब