श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ माघ १९ गते शनिबार, २ फेब्रुवरी २०१९ । माघ कृष्णपक्षको त्रयोदशी तिथि २१ः५० बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र पूर्वषाढा २४ः३९ बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः५२ र सूर्यास्त ५ः४४ मा हुनेछ । ज्यो.पंः हरिप्रसाद पौडेल

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । आफ्नो क्ष्ँेत्रमा प्रमुख जमाउन सकिएला । रमाइलो वातावरणमा दिन वित्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धर्म कर्म तथा समाज सेवामा मन लाग्नेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय राम्रो छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुन चा“दी तथा तत्जन्य कार्य व्यवसायमा रुची बढ्नेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला । मन प्रसन्न रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य व्यस्तताले परिवारमा समय दिन नपाइएला । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्म कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन चा“दी तथा तत्जन्य कार्य व्यवसायमा रुची बढ्नेछ । मातृपक्ष्ँको सहयोगमा नया“ कार्य व्यवसायमो शुभारम्भ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा रुची बढ्नेछ । नया“ कार्य व्यवसायको शुभारम्भ होला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धार्मिक तथा सामाजि कार्यक्रममा संलग्न हुने अवसर मिल्ला । विछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।