उर्लाबारी /उर्लाबारी नगरपालिकाले नगरका विपन्न समुदायका लागि न्यानो अभियानअन्तर्गत शुक्रबार कपडा वितरण गरेको छ ।

नगरपालिकाले उर्लाबारी–९ का १ सय १३ घरपरिवारका ४ सय १२ जनालाई न्यानो कपडा वितरण गरेको हो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उर्लाबारी, ग्लोबल युवा क्लब आइतबारे र हल्का सवारी चालक समूहको समन्वयमा वितरण गरिएको थियो ।

उर्लाबारी नगरका अन्य ठाउँमा पनि न्यानो कपडा वितरण गरिने भएको छ । नगरपालिकाले न्यानो कपडा नगरका कपडा पसल तथा खुद्रा व्यवसायीबाट सङ्कलन गरेको बताउँदै नगर प्रमुख खड्ग फागोले अन्य क्षेत्रमा पनि वितरण गरिने कार्यक्रम रहेकाले पुनः सहयोगका लागि अनुरोध गरेका छन् । कपडा वितरण विपन्न समुदायमा गरिएको थियो ।