एजेन्सी/ बलिउडमा २ वटा चलचित्र खेल्दै गर्दा चर्चाको शिखरमा पुगेकी नायिका साराअली खानलाई उनका पिता सैफअली खानले मिडियामा कम आउनको लागि सुझाब दिएका छन् । मिडियामा धेरै समाचार तथा लेखहरु आएका कारण सैफअलीले छोरीलाई मिडियामा कम आउन सुझाब दिएका हुन् ।
सैफअलीका पारिवारिक व्यक्तीले भारतीय मिडियालाई बताए अनुसार उनले आफ्नो छोरीलाई दवाब भने दिएका हैनन् । ‘दुई चलचित्रमा काम गर्न नपाउँदै उनी मिडियामा धेरै कभरेज भइन् । उनलाई केही रिजर्भ रहनका लागि सैफले सुझाब मात्र दिएका हुन् । उनले छोरीलाई कुनै दबाब दिदैनन्’, सैफ निकट ब्यक्तीले भनेका छन् ।
साराअली खानलाई अहिले मिडियाले जीमदेखि सार्वजनिक कार्यक्रममा समेत पछ्याउने गरेका छन् । जसलेगर्दा, साराअली खानको निजी जिन्दगी समेत दिनहुँ सार्वजनिक हुने गरेको छ । सैफले धेरै मिडियामा आउँदा करिअरलाई फाइदा नहुने सुझाव छोरीलाई दिएका छन् ।