मधुमल्ला/ दक्षिणी इलाको चुलाचुली गाउँपालीका वडा नम्वर ५ मावा किनार फुईकेमा बसोबास गर्दै आएकी मृगौला रागी (पिडीत) २९ बर्षिय शुशिला राईलाई शनिबार सहयोग रकम हस्तान्तरण गरिएको छ । विभिन्न दात्रि संस्था तथा सहयोगी मनहरुबाट सङ्कलन भएको साढे ३ लाख रुपैँया सहयोग रकम बिरामी र उनका श्रीमानलाई हस्तान्तण गरिएको हो ।

चुलाचली गाउँपालीका वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्रकुमार थापाले मृगौला पिडीत परिवारलाई रकम हस्तान्तरण गरेका थिए ।

चुलाचुली गाउँपालीका घर भई हाल वैदेशिक रोजगारीमा कार्यरत किसान राई, कुमार श्रेष्ठ तथा स्थानिय युवा बिष्णु कुुमार राई लगायतको संम्योजकत्वमा सो रकम विदेशमा रहेका प्रवासी नेपाली तथा स्थानियहरुबाट संकलन गरेर बुझाईएको शुशिला राई बचाउ अभियानका अभियान्ता, समाजसेवी तथा युवा नेता संजय कुमार राईले बताए ।

उनलाई केहि वर्ष यता मृगौलाको समस्याले पिरोली रहेको थियो, तर केहि महिना अगाडी भने उनको दुवै मृगौला पुर्ण रुपमा खराब भएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । मृगौला पिडीत राई बिगत केहि महिना देखि नै मृगौलाको समस्याले आजित रहेकि छिन ।

उनको उपचारमा १५ लाख रुपौँया आवश्यक रहेको चिकित्सकले बताएको उनका श्रीमान बिमल राई बताउछन् । तर आफूहरुसँग त्यती रकम नभएका कारण सहयोगीदाताहरुसँग सहयोको अपिल गरेको बिमलले बताए ।

मृगौला पिडीत राईको एक छोरा र एक छोरी रहेका छन् । आफ्नो बालबच्चा कै लागी भए पनि आफु बाच्न चाहेको बिरामी राई बताउछिन् । सहयोग रकम ग्रहणगर्दै राईले सहयोगी मनहरु प्रती धन्यवाद व्याक्त गरिन् ।