धरान/ जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको आफ्नै भवन नहुदा कार्य सम्पादनमा कठिनाइ हुदै आएको छ । जिल्लामा ११ ट्राफिक चेकपोष्टलाई निगरानी राख्दै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्नुपर्ने कार्यालयले आफ्नै व्यवस्थापन गर्न नसक्दा काम कारबाहीमा असर परेको हो ।

कार्यालयमा हालसम्म १६ जना प्रमुखहरु आए, सबै प्रमुखहरुले आफ्नो भवन नहुदा समस्या भोगेका थिए भने अहिले त्यो भन्दा जटिल अवस्था भएको जिल्ला टूाफिक प्रहरी कार्यालय धरानका प्रमुख बाबुकाजी गिरीले बताए ।  उनले यस विषयमा एक नंं प्रदेश सरकार, प्रहरी प्रमुखको पटक पटक ध्यानाकर्षण गराउदा समेत सुनुवाई नभएको बताए ।

धरान ८ बागमहल जुन भवन १ सय बर्ष भन्दा पुरानो हो । बाहिरी आवरण रंगरोगन गरेर चिटिक्क परेको भएपनि भित्री भाग जीर्ण छ । पटक पटकको भुकम्पबाट यसलाई अझ जिर्ण बनाएको छ । छेउमा मोटर ग्यारेज, धरधनी र कार्यरत ट्राफिक पनि यही भवनमा बस्ने गरेका छन् ।

तीनचले भवनको भुईतलामा दुई वटा ट्वाइलेट र एउटा बाथरुम छ यहा कार्यरत प्रहरी कर्मचारी, घरधनी र सेवाग्राहीले प्रयोग गर्ने सौचालय भरिएर दुर्घन्धित हुने गरेकोे उनको भनाई छ ।

भारतको जोगवनी र संखुवासभाका किमाथांकासम्मका ६ लेनको सडक विस्तार हुदै धरान आइपुग्न लागेको अवस्थामा भवनका आधा भाग सडकले काट्ने भएकोले जिल्ला टूाफिक प्रहरी कार्यालय सुनसरीको आफ्नो भवन आवश्यक भइसकेको उनको भनाई छ ।

ट्राफिक व्यवस्थापनसँग जिल्लाको भाण्टाबारी, कटान, लौकही, इनरुवा, त्रित्रिवन, पकली, खनार, दुहवी, इटहरीकोे हलगडा, तरहरा र चतरा टूाफिक प्रहरी चेक पाष्ट समेत निगरानीमा रहने जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवनको जीर्ण अवस्थाका कारण काम गर्न कठिनाई भएको उनको भनाई छ ।

जिल्लामा अहिले ३२ दरबन्दी भए पनि ६६ जना टूाफिक प्रहरी कार्यरत छन् । यसमध्य पनि १५ जना भने जिल्ला ट्राफिक प्रहरीको कार्यालयमा क्वार्टर लिएर बसेका छन् । कोठा अपुग भएकै कारण जसोतसो गरेर भएपनि बस्नुपर्ने बाध्यता भएको प्रमुख गिरीको भनाई छ ।

केही समय अगाडि धरान उपमहानगरपालिका, जिल्ला टूाफिक प्रहरी कार्यालय, १ नं. प्रदेश प्रहरी कार्यालयबीच धरान ८ तीनकुनेमा रहेको प्रहरी चेकपोष्टको भवन स्तरोन्नति गरी जिल्ला टूाफिक प्रहरी कार्यालय राख्ने छलफल भएपनि त्यसपछि कुनै कुरा अगाडि बढ्न नसकेको उनको भनाई छ ।

जिल्लाकै ट्राफिक प्रहरी कार्यालयका अवस्था यस्तो दयनीय हुदा समेत सम्बन्धित पक्षले खासै ध्यान दिन सकेकेो छैन । यसतर्फ सम्बन्धित पक्षको ध्यान चाडो ध्यान पुग्न जरुरी छ ।