मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालीका वडा नं. १ का ८७ वर्षिय वृद्धा हर्कमा राई र सोही ठाउँका ७५ वर्षिय अमृत बहादुर राई विहिबार निक्कै खुसी देखीन्थे । उनिहरुका चाउरी परेको अनुहारमा प्रष्टैसँग चमक छाएको देखीन्थ्यो ।

नदेखीयोस पनी कसरी हर्कमाया आफु जन्मेको ८७ वर्ष र अमृत बहादुरले ७५ वर्ष पछी नेपाली नागरिकता प्राप्त गर्दै थिए । उनिहरुलाई नागरिकता हस्तान्तरण मोरङ क्षेत्र नं. १ का प्रदेश सभा सदस्य कुल प्रसाद साम्बा र मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले हस्तान्तरण गरेका थिए ।

यो सँगै उनिहरुकालागि नेपाल सरकारले दिदै आएको सामाजीक सुरक्षा भक्ताको लागि पनी बाटो खुल्ला भएको छ । मोरङकै दुर्गम वडा कार्णालीको रुपमा परिचित मिक्लाजुङ गाउँपालीका वडा नं. १ का ९७ महिला सहित १६४ जनाले नागरिकता प्राप्त गरेको इलाका प्राशान कार्यालय उर्लाबारीका कार्यालय प्रमुख तिलोचन रिमालले बताए ।

इलाका प्रशान कार्यालय उर्लाबारीबाट गएको टोलीले शुक्रबार पनी नगरिकता वितरण कार्यलाई निरन्तरता दिने छ ।