धनकुटा/ धनकुटा नगरपालिकाले वातवरणीय प्रतिकुलतालाई ध्यानमा राख्दै नगर क्षेत्रमा सालको पातबाट बनेको दुना टपरीलाई प्रयोगमाल्याउने उदेश्यले नगर क्षेत्रको विभिन्न विद्यालयमाअध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराउने उदेश्यले तालिमआयोजना गरेको छ ।

धनकुटा नगरपालिका क्षेत्रमापहिलो पटक परम्परागत रुपमा प्रचलनमा ल्याइने गरिएको दुना टपरी लोप हुँदै गए पछि नयाँ पस्तामा स्थापित गरी व्यावसायिक उत्पादनको लागी तालिम संचालन गरिएको दाबी गरिएको छ ।

हाम्रो बहुमुखी पाठशालाको आयोजनामाशुक्रवार देखी शुरु भएको ३ दिने टपरी तालिमको समुद्धघाटन गर्दै धनकुटा नगरपालिकाकाप्रमुखचिन्तनतामाङले वातवरणिय दृष्टिूकोणले टपरीको प्रयोग उपयोगीहुने भएकाले टपरी तालिमआयोजनागरिएको वताए ।

उनले हराउँदै गएको टपरी सिउने प्रचलनलाई नयाँ पुस्तामा स्थापित गराउनको लागीपनि टपरी तालिम आयोजना गरिएको बताए । उनले प्लाष्टिकको प्रयोगवाट वातावरणमा प्रतिकुल असर गर्ने भएकाले स्वच्छ वातावरणको लागीपनि प्लाष्टिकका पिलेट चम्चाका आदीको विकल्पमादुना, टपरी नगर क्षेत्रमा प्रयोगमा ल्याउन लागीएको बताए ।

उनले टपरी उधोग खोल्ने संघसंस्थाहरुलाई नगरपालिकाले सहयोग गर्ने बताए । विशेष गरेर बजारका होटल, चमेना गृह र मःम पसलहरुमा प्रयोग हुने प्लाष्टिकका पिलेटहरुको विकल्पमाअबको दिनमा प्रयोगमा ल्याईने बताए ।

हाम्रो बहुमुखी पाठशाला धनकुटाका संरक्षक मिनकुमार श्रेष्ठको अध्यक्षतमा सम्पन्न तीन दिने टपरी सिलाई तालिमको समुद्धघाटन समारोहमाउधोग वाणिज्य संघ धनकुटाका उपाध्यक्षतारा तितुङ्गतामाङ, पत्रकार महासंघ धनकुटा शाखाकाअध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, आदिवासीजनजातिपत्रकार महासंघ (फोनिज) धनकुटा शाखाकाअध्यक्ष सन्तवीर लामालगायतले तालिमको सफलताको लागीशुभकामनाव्यक्त गरेका थिए ।

धनकुटानगरपालिकाको आर्थिक सहयोगमा संचालिततालिममा क्षेत्रमा रहेका १० वताविद्यालयका २० छात्रा सहित ३० जनाले भागलिने वहुमुखी पाठशालाका अध्यक्ष सरोज भुजेलले वताए । तालिमको सहजकिरण धनकुटा-७निवासीअजीलक्ष्मी देवीश्रेष्ठ र शारादा देवीश्रेष्ठले गरिरहेका छन् ।