बेलबारी / आदिवासी जनजाति महासंघ बेलबारीको पहलमा बेलबारीमा सञ्चालित रेडियो बेतनाबाट यसक्षेत्रका आदिमवासी धिमाल भाषाको समचार प्रशारण शुरु भएको छ ।  विहीवार रेडियो वेतनाको ८ औँ वार्षिक उत्सवको अवशरमा धिमाल भाषाको समचार तथा समावेशी कार्यक्रमको शुभारम्भ गरिएको हो ।

रेडियोको वार्षिक उत्सवको उद्घाटनसँगसँगै बेलबारी  नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी र महासंघका अध्यक्ष तिलक प्रसाद राईले धिमाल भाषा र समावेशी आवाज कार्यक्रमको पनि एकसाथ उद्घाटन गरेका थिए ।

वार्षिक उत्सवमा रेडियोका अध्यक्ष भोजराज बस्नेतले रेडियोको विगत र वर्तमान अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत् गरेका थिए । रेडियो भित्रका विभिन्न समस्याका बावजुध अहिले केहि व्यवस्थित गर्न सफल रहेको प्रतिवेदनमा उल्लेख छ ।

वार्षिक उत्सवकै अवशरमा पूर्वी मोरङलाई कार्यक्षेत्र बनाएर निरन्तर पत्रकारिता पेशामा कलम चलाईरहेका पत्रकार(ब्लाष्टकर्मी) भक्तशेर लिम्बूलाई सम्मान गरेको छ । त्यसैगरी रेडियोले आफ्ना सक्रिय समाचार प्रमुख अनील बराल र रेडियोका संस्थापक अध्यक्ष राजकुमार लिम्बूलाई पनि सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि सुवेदीले दोसल्ला ओढाएर सम्मान गरेको हो ।  कार्यक्रममा बोल्दै सुवेदीले रेडियोलाई अझ बिस्तार गर्नु पर्नेमा जोड दिए । आस्थाका आधारमा समाचार बन्नु नहुनेमा जोड दिँदै उनले समाचार निष्पक्ष बने समाजलाई भ्रम पैदा नहुने बताए ।’

त्यसैगरी नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुइटेलले पत्रकारहरू अझै पनि राज्यले तोके अनुसारको पारिश्रमिक पाउन बाट बञ्चित भएको बताए । उनले भने स्थानीयमा खर्चको अभाव छैन्। प्रत्येक स्थानीय निकायले पत्रकारको क्षमता वृद्धिका लागि सहयोग गर्नु पर्ने लुइटेलको भनाई थियो ।