धरान/निर्देशक शोभित बस्नेतको नयाँ फिल्म ‘बद्री बहादुर’ धरानमा छायाङ्कन गरिने भएको छ ।  माघ ११ गतेदेखि छायाङ्कन हुन लागेको फिल्म पूर्वको धरान र सङ्खुवासभामा पनि छायाङ्कन गरिने निर्माण युनिटले जनाएको छ ।

फिल्म सञ्चारकर्मी रवि अधिकारीले निर्माण गर्न लागेका हुन् । करिब एक करोडको लागतमा निर्माण हुन लागेको फिल्ममा छुल्ठिम गुरुङ, जयकिसन बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, लय सङ्ग्रौला , एलिना रायमाझीलगायतको अभिनय रहने छ ।

राजिबजङ बस्नेत र एलिना गुरुङले यो फिल्ममार्फत् डेब्यु गर्दै छन् । फिल्ममा नायिका पूजा शर्मा र सलोन बस्नेतको विशेष भूमिका रहने बताइएको छ । चलचित्र लमजुङ्, काठमाडौं, धरान र संखुवासभामा छायाङ्कन गरिने भएको निर्देशक बस्नेतले जानकारी दिए ।