मेचीनगर/ झापाको मेचीनगर नगरपालिका वडा नम्बर ११ बसोबास गर्ने एक मेचे परिवारमा परेको बज्रपातको विषयमा समाचार प्रसारण भएपछि उनलाई आर्थिक सहयोग जुट्ने थालेको छ ।

बाबु लामो समय देखि बेपत्ता भएपछि परिवारमा आमाको दाहासंसकार गर्दै आएकी १३ वर्षिय बालिका सबिना मेचेको विषयमा झापाका संचारकर्मी खगेन्द्र घिमिरेले पहिलो पटक समाचार प्रकाशन गरेका थिए ।

बाबुको माया थाहा नपाउदै बेपत्ता भएका र आमाको काखामा हुर्किएकी झापा मेचीनगरकी एक बालिका माथि परेको बज्रपात सम्बन्धी समाचार उनले बिभिन्न मिडियामा सावर्जनीक गरेका हुन ।

यसरी समाचार प्रकाशन भएपछि त्यो समाचार हेरेर संचारकर्मी घिमिरेको साथ उनको घरमा बुधबार आधा दर्जन सहयोगी पुगेका थिए । भने केहीँ सहयोगीदाताले दिने घोषणा गरेका छन् । भने दुई दिन अघि पनि केहीँ सहयोगीदाताले सहयोग गरेका थिए ।

मेचीनगरमा रहेको सूर्य एग्रोका संचालक जगदिश मिण्डाले २१ हजार दिने घोषणा गरे ,उनको घरमा पुगेर दृव्यज्योति आँखा अस्पतालकी मेडिकल डाइरेक्टर डा.मोनिका कर्मचार्यले ५ हजार ५ रुपैया सहयोग गरेकी छिन्।

त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कर्मचारी गिता खड्काले २ हजार ५ सय ५ रुपैया प्रदान गरिन ,भने मेचीनगर ११ मा रहेको सचेतना आमा समूहले २५ सय ५ रुपैया र खाद्यन्न प्रदान गरेका थिए ।

त्यस्तै मेचीनगर नगरपालिका कार्यापालिका सदस्य निरु परियार १ हजार ,दिपेस राईले ग ११ सय , कालिका सामुदायिक वनका अध्यक्ष योगेश भट्टराईले ३१ सय रुपियाँ प्रदान गरेका थिए ।

उनको घरमै पुगेर सहयोग प्रदान गर्नेहरु प्रति मेचीनगर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष शन्तोष मेचेले धन्यवाद दिएका थिए । दाताहरुले चेलीको लागि अन्य सँग समेत सहयोग गरिदिन आग्रह गरेका छ । यति सहयोग गर्ने नेपाली दाजु भाईहरुले नबिल बैङ्को खाता नम्वर २११००१७५०६७०० मा सम्पर्क गर्न सक्नुहुन्छ ।