पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरे नगरमा लैंगिक हिंसा नियन्त्रण सञ्जाल गठन भएको छ ।नगरपालिका कार्यालय र इलाका प्रहरी कार्यालयको समन्वयमा १९ सदस्यीय सञ्जाल गठन भएको हो ।
इलाका प्रहरी कार्यालयका प्रमुख कमल बजगाईं संयोजक, सोही कार्यालयकी सविता बैरागी सदस्य सचिव चुनिकी छिन् ।
सदस्यमा, नगर शिक्षा शाखा प्रमुख दुर्गाप्रसाद सिग्देल, नगरका स्वास्थ्य संयोजक मुरारी आचार्य, सहायक महिला विकास निरीक्षक बिमला अधिकारी, नगर महिला फेडेरेशनकी गोमा दहाल, सामुदायिक मेलमिलाप केन्द्रकी बसुन्धरा गुरुङ, डाँसमोरङ्गी सामुदायिक वनका अध्यक्ष जीवन कटुवाल रहेका छन् ।
अन्य सदस्यमा, सामाजिक क्षेत्रमा क्रियाशिल रुक्मिणा बजगाईं, रीता गिरी, केशव बराल, भला रेग्मी, इश्वरी निरौला, उमानाथ अधिकारी, नविनजंग कार्की, विकास राई, सुनमाया घिसिङ, खड्ग कुलुङ राई र नरबहादुर कुलुङ राई छन् ।
नगर उपप्रमुख यमुना विष्ट बास्तोला र नगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम सल्लाहकार रहेका छन् ।
































