धरान  / हेटौंडा–१, भैरवडाँडामा १० दिनअघि पत्रकार मनोहर ढकालको हत्या भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले घटनाको १० दिनपछि ढकालको हत्या भएको कुरा सार्वजनिक गरेको छ ।

गत पुस २५ मा मारिएका ढकालको हत्यामा संलग्न चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घटनामा प्रत्यक्ष संलग्न हेटौंडा–११ का १९ बर्षीय अनमोल पुडासैनी र मनहरी गाउँपालिका १ का प्रविण वाइबा,
हत्या गरेर ढकालको साथबाट चोरी भएको मोबाइल र सुनको औंठी खरिद गर्ने भीमफेदी गाउँपालिका ६ का दिनेश थापामगर र नारायणी सुनचाँदी पसलका सञ्चालक हेटौंडा २ का नारायणबहादुर सुनारलाई पनि प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिए ।

त्यसअघि उनको दुर्घटनामा मृत्यु भएको बताइँदै आएको थियो । तर, प्रहरीको तालिम प्राप्त कुकुरको संकेत, १ सय ५० जनासँगको सोधपुछ र कल डिटेल एनालइसिसबाट हत्या भएको निष्कर्षमा प्रहरी पुगेको हो ।
किन हत्या गरियो
२५ पुसमा साँझ भैरवडाँडाको जंगलमा उनीहरु लागूऔषध सेवन गरेर बसिरहेका थिए । त्यसक्रममा पत्रकार ढकालले आएर किन जंगलमा बसेको प्रहरीलाई खवर गरि दिउ भनेका थिए ।

लागूऔषध सेवन गरिरहेका उनीहरुले पत्रकार ढकालको हातमा सुनको औंठी र झोलासमेत देखे पछि ततकालै मोटरसाइकलबाट तानेर घाँटी थिचेको उनीहरुले बयान दिएका छन् ।
ढकालले चलाएको ना २३ प ६३३८ नम्बरको डिस्कभर मोटरसाइकल स्टार्ट अवस्थामा नै थियो । छेऊमा तानेर ढकाललाई लडाएपछि उनीहरुले ढकालसँग भएको सुनको औंठी, पर्स, हार्ड डिक्स र झोला खोसे ।

त्यसक्रममा उनीहरुले हत्या गर्ने उद्देश्यले ढुंगा भएको खोल्सामा ढकाललाई धकेलेर पु¥याए । ल्छन् । त्यही क्रममा उनको मृत्यु र्भएको उनीहरुले प्रहरीलाईबयान दिएका छन् ।
सामुदायिक रेडियो रेडियो पालुङका पूर्वस्टेशन म्यानेर रहेका ढकाल हाल शिक्षण पेसामा थिए । उनी हेटौँडा १२ स्थित बुद्ध माध्यमिक विद्यालयमा अध्यापन गरेर घर फर्कने बेलामा घटना भएको हो । रेडियोहरुको प्राविधिक पनि हुन ।